दक्ष पाखा लगाएर आफ्ना नियुक्ति : खेलाडी भन्छन् राजनीति हस्तक्षेपमा खेलकुद

दक्ष पाखा लगाएर आफ्ना नियुक्ति : खेलाडी भन्छन् राजनीति हस्तक्षेपमा खेलकुद

विराटनगर । खेल क्षेत्रमा नै सपना देख्ने थुप्रै युवाहरु विदेशिएका छन् । तर, यही क्षेत्रबाट नेपालका लागि केही गरौँ भन्ने युवाहरुमा भने राजनीतिक हस्तक्षेपका कारण नैरसयता छाएको छ । भर्खरै कोशी प्रदेश खेलकुद विकास बोर्डले नियुक्ति गरेको खेल प्रशिक्षकहरु राजनीतिक आडमा भर्ती गरिएको भन्दै खेलाडीहरुले नै असन्तुष्टि जनाएका छन् ।

राम्रो खेलाडीहरुलाई पाखा लगाएर आफ्नो कार्यकर्ता भर्ती गरिएको भन्दै सम्भावना बोकेका थुप्रै खेल प्रशिक्षक प्रदेश खेलकुद विकास बोर्डको छनौटबाट बाहिरिनु परेको एक खेल प्रशिक्षकले नाम नबताउने सर्तमा दुखेसो पोखे । उनले आफूले नाम सार्वजनिक गरेपछि यस्तै राजनीतिक हस्तक्षेप हुने र अवसरबाट बन्चित हुनुपर्ने समेत बताए ।

त्यसो त खेलकुद विकास बार्डले दिएको नियुक्ति अनियमित र धाँदलिपूर्ण तरिकाले खेलकुद प्रशिक्षण छनौट भएको भन्दै मुख्यमन्त्री कार्यालयमा उजुरी समेत परेको छ । सोही उजुरीको आधारमा मुख्यमन्त्री कार्यालले समाजिक विकास मन्त्रालयलाई छानबिन समिति गठन गरी प्रतिवेदन समेत बुझाउन निर्देशन गरेको छ ।

प्रशिक्षकका लागि उस्सु खेलमा गोल्ड मेडलिस्ट देखि १० औँ सार्क गेममा सेकेन्ड मेडल प्राप्त गर्न सफल राम लिम्बूले समेत प्रशिक्षकका लागि आवेदन दिएका थिए । तर, उनीहरुको क्षमतालाई राजनीतिक नियुक्तिले पछि पारेको खेलाडीहरुको आरोप छ । भलिबल खेलाडी मुस्कान लिम्बूले नेपालमा राजनीतिलाई घृणा गर्ने र पार्टीको झण्डा नबोक्नेको जीवन अँध्यारो तर्फ लम्किने बताउछन् । जतिसुकै पढेपनि क्षमता जतिसुकै बलवान भएपनि त्यो क्षमता राजनीतिको अगाडी कागजको टुक्रा मात्रै हुने बताउछन् ।

‘नेपालको खेलकुद क्षेत्र यस्तै भएर उभो नलागेको हो।खेलकुदमा भ्रष्टचार गर्न सजिलो छ् र यहा अत्याधिक भ्रष्टचार छ भन्ने कुरामा दुईमत छैन्।, ’ उनले समाजिक सञ्जालमा लेखेका छन्,‘ मैले नबुझेको कुरा यो छनौट कसरी गर्छ हौ ? बिज्ञले भन्दिनु पर्यो राजनितिक पावर चाहिने हो कि डकुमेन्ट बलियो चाहिने हो ? कि अन्तरबार्ता हुन्छ ? कि लिखित दिनु पर्छ कि के हो ?’

बोर्डले नियुक्त गरेकोमध्ये ११ जनाले पत्र बुझिसकेका छन् । त्यसो त उनी बोर्डको सदस्य सचिवमा नियुक्त भएदेखि यता कुनै पनि कार्यक्रम विवादरहित समापन हुन सकेको छैन । प्रदेश खेलकुद बोर्डलाई प्रशिक्षक नियुक्तिका लािग मन्त्री परिषदको बैठकले नै २१ लाख बजेट व्यवस्थापन गरेको थियो । यता, यो विषयका बारेमा बुझन बोर्डका सदस्य सचिव हंसराज वाग्लेलाई सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्