गन्धर्व बस्तीमा मुख्यमन्त्री कार्कीको बास, समस्या समाधान हुनेमा उनीहरुको आश

गन्धर्व बस्तीमा मुख्यमन्त्री कार्कीको बास, समस्या समाधान हुनेमा उनीहरुको आश

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सोमबार आफ्नानियमितकार्यक्रम सकाएर लोपोन्मुख जाति ‘गन्धर्व’ बसोबास गर्ने झापाको कचनकवल गाउँपालिका २ तर्फ लागे । समस्या नै समस्याले पिल्सिएका गन्धर्व समुदायले झमक्क साँझ परेको बेला आफ्नो वस्तीमा सुरक्षाकर्मीका साथ मुख्यमन्त्रीलाई देखेर अचम्भित हुँदै हतार हतार स्वागत, सम्मानमा जुटे । तर,मुख्यमन्त्री कार्की स्वागत, सम्मानको वास्ता नगरी गन्धर्व वस्ती घुम्न अघि बढे । उनी गन्धर्व वस्तीको आगनआगनमा घुम्दै राती ८ बजे शिवगन्धर्वको आगनमा ओछ्याएको म्याटमा पलेटी बाँधेर बसे ।

त्यतिकैमा गन्धर्व वस्तीका महिला, पुरुष, वृद्ध, वृद्धालगायत बालबालिकाको भिड लाग्यो र उनीहरु खादा लगाएर मुख्यमन्त्रीलाई सम्मान गर्न थाले । मुख्यमन्त्री कार्कीले धेरै सम्मान गर्नुहुँदैन, आज यही खाना खाएर बस्ने बोल्नु भयो । त्यसपछि शिव गन्धर्व र उनकी पत्नीले आगनको ट्यूवेलमा थाल पखालेर खाना पस्केर खानभान्छा कोठामा जान आग्रह गरेपछि मुख्यमन्त्री कार्कीलगायत उनीसँग रहेका सबै जना गएर खाना खाए । खानापछी मुख्यमन्त्री कार्कीले गन्धर्व परिवारका सदस्यहरुसँग कुराकानी गर्न थाले । उनीहरुलेआफ्ना कथा र व्यथा सविस्तार सुनाए । ‘मुख्यमन्त्रीज्यूले हाम्रा समस्याहामीसँगै बसेर हामीले पकाएको खाएर सुनेर भलाकुसारी गर्नुभयो,’ स्थानीय नरमायागन्धर्र्वले भनिन, ‘हामीले यहाँ चुनाव जितेपछि नेता देख्न पाउँदैन थियौँ, अहिले त हामीसँगसँगै खानाखाने मुख्यमन्त्रीलाई घरमै भेट्टाएका छौँ ।’ सरकार घरमै आएर आफूहरूका गुनासो सुनिदिएर सहजै समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेको देख्दा पत्याउनै गााह्रो भएको उनले सुनाइन् ।

स्थानीयले आफूहरूलाई समाजमा गाइनेको संज्ञा दिइएर हेपिइने गरेको गुनासो गरे । सो जातीको बस्तीको छेवैमा रहेको आदर्श आधारभूत विद्यालयमा रहेको विद्यालयलाई गन्धर्व जातीको पहिचान हुने गरिको शिक्षा लागू गराई गिर्दै गरेको शैक्षिक साखलाई फर्काउन, समुदायमा साक्षरता दर वृद्धि गर्नका लागि आवश्यक पहल गरिदिन मुख्यमन्त्री समक्ष स्थानीयको माग रहेको छ ।

स्थानीय शिव गन्धर्वभन्छन्, लोप हुन लागेको सारङ्गी बाजाको संरक्षण हामीले गर्नुपर्दछ । मुख्यमन्त्री ज्यूले यसलाई चासोका साथ लिएर वस्तुस्थिति बुझ्न समुदायमै आएकाले हामी बढी आसावादी छौँ ।’ उनीहरूले लोपोन्मुख जातीको रूपमा गन्धर्व जातीलाई सूचिकृत गर्न माग गरे । ‘संविधान अनुसार यो जातीलाई लोपन्मूख जातीको रूपमा सूचिकृत गरिएमा हाम्रा अधिकारहरू प्राप्त हुन सहज हुन्छ । पूर्वाञ्चल गन्धर्व संस्कृति उत्थान समाजका अध्यक्ष रविन गन्धर्वले भने, मुख्यमन्त्री ज्यूको पहिलो हाम्रो समुदायका लागि मुख्यमन्त्री ज्यूको पहिलो निर्णय यही हुने छ ।’

मुख्यमन्त्री कार्कीले सरकार खोज्दै जानुपर्ने बाध्यात्मक अवस्थाको अन्त्यका लागि आफू यहाँका स्थानीयससंग समस्याको समाधानका लागि संवाद गर्न आफूहरू यहाँ आएको उल्लेख गरे । सरकार पहुँच नहुनेको समेत घरघरमा गएर समस्याको समाधान गर्ने सरकार भएकाले समाजको वर्गलाई समान हैसियतमा ल्याउनमा नवीयविकासमा जोड दिएर काम गरिरहेको उनले बताए । ‘हामीआफैँले आफूलाई स्वीकार गर्न सक्नुपर्दछ उनले भने, आफूले आफूलाई स्वीकार गर्न सकेनौँ भने हामी तलको तलै हुन्छौँ । सरकारले त मानवीय विकासका योजनामार्फत सुरुवात गरिसकेको छ, तपाईहरू पनि लाग्नू पर्यो, श्रमको सम्मान गर्नुप¥यो ।’ सो ठाउँमा ४९ घरधुरी रहेको गन्धर्व समुदायको जनसङ्ख्या दुई सय ११ रहेको छ । मुख्यमन्त्री कार्कीले समुदायको उत्थानका लागि प्रर्वधनकको योजना सरकारले ल्याउने बताए ।

सोमबार राती समुदायमा पुगेका मुख्यमन्त्री कार्कीले सामाजिक विभेद अन्त्य र सामाजिक अवस्था, आवश्यकता र अपरिहार्यताको अध्ययनका लागि स्थानीय शिव गन्धर्वको घरमा सोमबार रातीको खाना र बास बसेर सन्देश प्रवाह गरेका छन् । ‘उनले भने, अब मलाई अछुतपनि कसैले भन्छ त, म त तपाईहरूको मा बसेँ खानाखाएँ, यो विभेद अन्त्यकालागितपाई हामी नै लाग्नूपर्यो ।’

सो क्रममा उनले स्थानीय महिला स्वास्थ्य स्वयंसेविकासँग अन्तरसँवाद गर्दै हुलाकी सडक अन्तरगत अधुरो अवस्थामा रहेको माई खोलाको पुलको अवलोकन गर्दै मंगलबार विराटनगर फर्किएका छन् । पुलको निर्माण कार्यको गति बढाउन सरकारले ताकेता गर्ने उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्