सरकार परिवर्तनको छिटा मन्त्रालयमा, मन्त्रीको निर्देशनलाई वेवास्ता गर्छन् कर्मचारी

सरकार परिवर्तनको छिटा मन्त्रालयमा, मन्त्रीको निर्देशनलाई वेवास्ता गर्छन् कर्मचारी

विराटनगर । सरकार फेरबदलको बारम्बारका क्रमको असर प्रदेशका मन्त्रालयमा पर्ने गरेका छन् । कोशी प्रदेशमा पुनः सरकार परिवर्तनको छिटाले यतिबेला सेवाग्राहीलाई समेत छोएको छ । सँधै सेवाग्राहीको बाक्लो भीड लाग्ने मन्त्रालयमा आजभोली पातलिदै गएको छ । आउनेजानेको पनि भनेको समयमा काम गर्न कर्मचारी अनकन्हाउने गरेका छन् । बारम्बार प्रयासमा बाह्रतिरका अंकुश अल्झाउने शैली देखेपछि सेवाग्राही पनि दिक्क मानेर फर्कने गरेका छन् ।

कार्यक्रम सम्झौताका लागि झापाबाट विराटनगरस्थित आन्तरिक मामिला तथा कानुन मन्त्रालय पुगेको एक टोलिलाई कर्मचारीले दिनभर अल्झाएपछि उनीहरु त्यसै फर्किएको बताउँछन् । मन्त्रीले दिएको निर्देशन पनि कर्मचारीले बेवास्ता गरिदिएको उनीहरुको भनाई छ । केही कार्यक्रम गर्न बजेट माग गरेका थियौँ , मन्त्री ज्युले हुन्छ भन्नुभएको थियो, बिहान १० बजेदेखि आएको काम भएको छैन,’ ती समूहको एकजना प्रतिनिधिले भने, ‘सरकार फेरीएको फेरिएकै गर्छ, कर्मचारीले मन्त्रीलाई समेत टेर्न छोडेछ । मन्त्रीले हुन्छ भन्छन् कर्मचारीहरुले वास्ता नै गर्दैनन् ।’

सचिवालयमा मन्त्रीको आगमन कुरेर बसेका उनीहरु एउटै कामको लागि थुप्रै पटक धाएको सुनाए । ६÷६ महिनामा हुने सररकार परिवर्तनले गर्दा पनि कर्मचारीहरुले मन्त्रीहरुलाई टेर्न छोडेको जस्तो अनुभूति सबै मन्त्रालयमा देखिन्छ । यो रोग जुनसुकै सरकारको पालामा समेत उतिकै दोहोरिने गरेको छ । सरकारको स्थायित्व हुन्छ भन्ने देखेभने कर्मचारी सेवाग्राहीमुखी बनिदिने, सरकार फेरिन्छ भन्ने हल्ला चलेपछि कर्मचारीले मन्त्रीकै निर्देशन समेत वेवास्ता गर्ने गरेका हुन् ।

एमालेले आफ्नो लाईनका कर्मचारीलाई नयाँ सम्झौताका काम अगाडी नबढाउन भनेको एक कर्मचारीले सुनाए । नयाँ सरकार गठन भईहाल्ने भएकोले मन्त्रालयका सचिवसम्म एमालेले आफ्नो कुरा राखेपछि मन्त्रीसँग लाइन मिल्ने सचिव भए अलिअलि नत्र वहानामा बिदा बस्ने, व्यस्त देखिने र नयाँ कार्यक्रमका लागि चासो नदिने देखिएको छ । महिना दिन नपुगी सरकार पविर्तन हुँदा पनि काम गर्न असहज भएको ती कर्मचारीको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्