विराटनगरको अनमोल स्पेशल एजुकेशनले मनायो विश्व अटिजम सचेतना दिवस

विराटनगरको अनमोल स्पेशल एजुकेशनले मनायो विश्व अटिजम सचेतना दिवस

विराटनगर । विराटनगर-३ आयलनिगमस्थित अनमोल स्पेशल एजुकेशन सेन्टरले विश्व अटिजम सचेतना दिवसको अवसरमा सचेतना ऱ्याली तथा दीप प्रज्ज्वलन गरेर मनाएको छ।

उक्त ऱ्याली तीनपौनी चोकबाट महेन्द्र चोक हुँदै भाटभटेनीसको प्रागंणमा साँझमा दीप प्रज्ज्वलन गरेर कार्यक्रम मनाएको हो।

प्रत्येक वर्ष अप्रिल २ तारिख विश्व अटिजम सचेतना दिवस २०२४ ‘स्वीकारोक्ति र सशक्तताका साथ अब बाँच्ने मात्र हैन, प्रतिस्पर्धामा नै उत्रने’ भन्ने नाराका साथ यसवर्षको विश्व अटिजम दिवस मनाईएको छ।

ऱ्यालीमा सहभागीहरुलाई अटिजमको बारेमा अधिकतम प्रचार गर्न अनमोल स्पेशल एजुकेशन सेन्टरले आग्रह गरेको छ।

उक्त कार्यक्रममा अभिभावकहरू स्वयम् उपस्थित भई बालबालिकालाई हौसला प्रदान गरेका थिए ।

कार्यक्रममा बिराट मेडिकल कलेज टिचिङ हस्पिटलका डा. हेमसागर रिमाल,अभिभावक लगायतको उपस्थिति रहेको थियो ।

अटिजम को बारेमा समाजमा चेतना सिर्जना गरेर, अटिजम मैत्री समाज निर्माण गर्ने कार्यक्रमको उद्देश्य रहेको अनमोल स्पेशल एजुकेशन सेन्टरकी प्रिन्सिपल संगीता न्यौपानेले बताईन ।

उक्त कार्यक्रममा ५० जनाभन्दा बढीको उपस्थिती रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्