विराट टिचिङका स्वास्थ्यकर्मीलाई अटिजम अनुशिक्षण

विराट टिचिङका स्वास्थ्यकर्मीलाई अटिजम अनुशिक्षण

विराटनगर । विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा अटिजम समस्याको विषयमा स्वास्थ्यकर्मीहरुलाई अनुशिक्षण कार्यक्रम आयोजना गरिएको छ । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले अटिजम समस्याको पहिचान गर्न सकुन् भन्ने उद्देश्यले अनुशिक्षण कार्यक्रम आयोजना गरेर जानकारी गराइएको हो ।

विराट टिचिङ हस्पिटल पेडियाट्रीक बिभाग प्रमुख एवं डेभलपमेन्ट एण्ड वियाभ्बवियर स्पेसियालिस्ट डा.हेमसागर रिमालले डाक्टर, नर्स तथा अन्य स्वास्थ्यकर्मी समेत गरि ८० जना सहभागिलाई अटिजम समस्या बारेका जानकारी गराएका थिए ।

मंगलबार १७ औं विश्व अटिजम दिवसको अवसर पारेर अस्पतालमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा डाक्टर रिमालले बालबालिकामा अटिजम समस्या बढ्दो अवस्थामा रहेकोले यसलाई बुझ्ने धारणा सकारात्मक बन्नुपर्नेमा जोड दिएका छन् । उनले अटिजमको समस्यासँग जुध्नका लागि सकारात्मक बन्नुपर्नेमा जोड दिएका हुन् । डाक्टर रिमालले अटिजमका लक्षणका बारेमा स्वास्थ्यकर्मी जानकार हुनुपर्नेमा जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्