विराटनगरमा व्यक्तिगत घटना दर्तामा चनाखो बनाउन जनप्रतिनिधि र सचिवहरुसँग अन्तरक्रिया

विराटनगरमा व्यक्तिगत घटना दर्तामा चनाखो बनाउन जनप्रतिनिधि र सचिवहरुसँग अन्तरक्रिया

विराटनगर । विराटनगर महानगरपालिकाको आयोजनामा सामाजिक सुरक्षा, पञ्जिकरण तथा व्यक्तिगत घटना दर्ता सप्ताह अभियान सम्बन्धी अन्तरक्रियात्मक तालिम सम्पन्न गरेको छ ।

महानगरको सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाको आयोजनामा भएको अन्तरक्रियात्मक तालिममा मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपकुमार साहले सहजीकरण गर्नुभएको थियो । व्यक्तिगत घटना दर्तामा आवश्यक सुचक र संलग्न गर्नुपर्र्ने कागजपत्रका बारेमा साहले जानकारी गराउनुभएको थियो । महानगरले पहिलो चरणमा वडाध्यक्षहरुलाई व्यक्तिगत घटना दर्ता गर्दा आइपर्ने समस्या र समाधानका उपायका विषयमा जानकारी गराएको हो । कार्यबाहक मेयर मधुबाबु तिवारीको अध्यक्षतामा भएको तालिममा वडाध्यक्षहरुले नागरिकताको सिफारिस गर्दा आइपर्ने समस्या र चुनौतीका विषयमा भनाइ राख्नुभएको थियो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेत, २ का अध्यक्ष कुमार पोखरेल, ३ का वासुबहादुर बस्नेत, ४ का जितन थापा, ५ का सन्तोष न्यौपाने, १० का अर्जुन गिरी, ११ तीर्थेन्द्र नेउपाने, १३ का सूर्यनारायण यादव, १५ का प्रकाश साह, १८ का जितेन्द्रकुमार साह र १९ का श्याम घिमिरेले नागरिकताको सिफारिसका क्रममा आइपर्ने समस्या र चुनौतीका बारेमा आ–आफ्नो धारणा राख्नुभएको थियो ।

व्यक्तिगत घटना दर्ता सप्ताह अभियानअन्तर्गत महानगरले भोलि बिहीबार १९ वटै वडाका सचिवहरुलाई पनि अभिमुखीकरण तालिम सञ्चालन गर्ने सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियाले जानकारी दिनुभयो । कार्यक्रममा कार्यबाहक मेयर तिवारीले व्यक्तिगत घटना दर्ता र नागरिकताको सिफारिस गर्दा चनाखो हुनुपर्नेमा जोड दिनुभयो । प्रमुख प्रशासकीय अधिकृत पराजुलीले ऐन कानुनले तोकेको र कागजात पूरा गरेको अवस्थामा व्यक्तिगत घटना दर्ता र नागरिकताको सिफारिसमा डराउनु पर्ने उल्लेख गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्