विराटनगरमा भागवत गीताको महत्व दर्शाउँदै रसियन नागरिक

विराटनगरमा भागवत गीताको महत्व दर्शाउँदै रसियन नागरिक

इन्दु साह
विराटनगर । रसियन नागरिक ३४ वर्षीय एन्ड्री र ३७ वर्षीय भ्यालादिमिर विराटनगरका चौकमा पुस्तक बोकेर घुमिरहेको भेटिन्छन् । उनीहरुको हातमा भागवत गीता भेटिन्छन् । हातमा भएका भावगत गीताको सार र महत्व उनीहरुले नेपालीबीच दर्शाउने गरेका छन् । विराटनगर ट्राफिक चौक नजिकै ईस्कोन मन्दिरमा उनीहरु आएका हुन् । त्यहाँ आउँदा उनीहरुले गीताको सार र महत्व नेपाली माझ बुझाउने र गीता खरिद गरेर अध्ययन गर्न अनुरोध गर्दै आएका छन् ।

यो वर्ष उनीहरु एक महिनासम्म विराटनगर बस्ने गरि हप्ता अगाडी विराटनगर आईपुगेका थिए । ईस्कोनमा आवद्ध उनीहरुको विराटनगर आउने क्रम दशवर्षदेखि निरन्तर रहेको सुनाउँछन् । उनीहरु ईस्कोनमा आवद्ध भएपछि भागवत गीता अध्ययन गर्दै त्यसको महत्वलाई सबै सामु लैजानुपर्ने मान्यता राख्दछन् । नेपालमा मात्रै नभई उनीहरुले अन्य देशमा समेत यो अभियान चलाउने गरेका छन् ।

विश्वभरी भागवत गीताको प्रचार गर्दै हिडेका यी दुई युवा अब एक महिना विराटनगरमा रहनेछन् । रसियन नागरीकको नेपाल आउनुको उद्देश्य पनि भागवत गीताको प्रचार र बिक्री गर्नु हो । जीवनशैली सामान्य तरिकाले बिताउँदै आएका छन् । नेपानी भाषा नबुझेपनि उनीहरु अंग्रेजी भाषको माध्यमबाट आफ्ना कुरा राख्ने गर्दछन् । एन्ड्री भन्छन्–म आफ्नो जीवनको उद्देश्य के हो ? भनेर खोजिरहदा भागवत गीतामा पाउँछु । गीता सार र महत्वले मानव जीवन र जगतलाई बुझाउन सक्ने उनको भनाई छ ।

भगवान श्री कृष्णको सेवामा लागेको बताउने उनी भारत, अमेरिका, रसिया र नेपालसहित पुस्तक बिक्री गर्ने गरेको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्