विराटनगरबाट जुवा खेल्ने दश जना पक्राउ

<span class='c1'>विराटनगरबाट जुवा खेल्ने</span> <span class='c2'>दश जना पक्राउ</span>

विराटनगर । विराटनगरबाट जुवा खेल्ने दश जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका-१२ स्थितबाट जुवा (तास) खेल्ने १० जना मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

विराटनगर १२ सगरमाथा स्कुल छेउ बस्ने बर्ष ५३ का वेद निधि दाहालको घरमा जुवा (तास) खेलीरहेको भन्ने गोप्य सुचनाको आधारमा वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले जुवा खालबाट नेपाली नगद ८२ हजार ४३० रुपैयाँ र १५६ पिस तास पनि बरामद गरेको मोरङ प्रहरीले जनाएको छ ।
तालखालबाट प्रहरीले विराटनगर १२ बस्ने बर्ष ४० का किसन श्रेष्ठ, सोही ठाउँका बर्ष ३० का अजय मण्डल, बर्ष २९ का आर्यन कामत, बर्ष ३६ का दिपक सहनी, बर्ष ६५ का देवेन्द्र ब.सुब्वा, .बर्ष ५३ का वेदनिधि दाहाल, .बर्ष ३५ का दिपक सहनी, बर्ष २७ का अनिश अधिकारी, बर्ष ५० का बाबुराम कटेल र सोही ठाउँका बर्ष ३७ का रामबाबु रायलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्