सुनको मूल्य तोलामा एक हजारले बढ्यो

<span class='c1'>सुनको मूल्य तोलामा</span> <span class='c2'>एक हजारले बढ्यो</span>

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला रु. एक हजारले वृद्धि भइ हालसम्मकै उच्च मूल्य कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु. एक लाख ३३ हजारमा कारोबार भएको छापावाला सुन आज रु. एक हजारले बढेर रु. एक लाख ३४ हजार बराबरको मूल्य निर्धारण भएको छ ।

तेजाबी सुन बुधबार प्रतितोला रु. एक लाख ३२ हजार तीन सय ५० मा कारोबार भएकामा आजका लागि भने रु. एक लाख ३३ तीन सय ५० बराबरको मूल्य निर्धारण भएको छ ।

चाँदीको मूल्य पनि तोलामा रु. ४० ले वृद्धि भएको छ । बुधबार प्रतितोला रु. एक हजार छ सय १० मा कारोबार भएकामा आजका लागि भने रु. एक हजार छ सय ५० बराबरको मूल्य निर्धारण भएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्