झापा । झापाको बाह्रदशी गाँउपालिका-१ भागुडुब्बा स्थितमा श्रीमानले धारिलो हतियार खुकुरी प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ ।
आज बिहान साढे ६ बजे स्थानीय ३३ बर्षीय देब नारायण राजबंशीले आफ्नै श्रीमती ३२ बर्षीय मोमसरी राजबंशीलाई घरयासी बिबाद हुँदा नारायण राजबंशीले श्रीमती राजबंशीलाई शरिरको विभिन्न भागमा धारिलो हतियार खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।
घटनामा संलग्न राजबंशीलाई इलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।