कांग्रेसबाट इलाममा खड्का र बझाङमा सिंह उम्मेदवार

कांग्रेसबाट इलाममा खड्का र बझाङमा सिंह उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेस संसदीय बोर्डले इलाम–२ को उपनिर्वाचनका लागि पार्टी सभापति डम्बर खड्कालाई उमेदवार बनाउने भएको छ ।

विहीबार विहान सबै आकांक्षीलाई बोलाएर छलफल गरेपछि खड्कालाई उम्मेदवार बनाउने सहमति बनेको हो । इलामका प्रमुख आकाक्षी भेषराज आचार्यसँग भने अन्तिम समयमा कुनै सरसल्लाह नगरेको प्रतिक्रिया दिएका छन् ।

विहीबार बसेको बोर्ड बैठकले इलाम–२ मा खड्का र बझाङ १(क)मा अभिषेक सिंहलाई उम्मेदवार बनाउने गरी सहमति भएको कांग्रेस निकट स्रोतले जनाएको छ । बैठकमा सहभागी एक पदाधिकारीका अनुसार बोर्डले अब कार्य सम्पादन समितिलाई नाम सिफारिस गर्नेछ । उमेदवारको टुंगो लगाउन मंगलबार र बुधबार दुई दिनसम्म बसेका औपचारिक बैठक निष्कर्षविहीन रहेपनि विहीबार भने उम्मेदवारी टुङ्याएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्