कोशीका पाँच जिल्लामा वी.पी.को टेलिमेडिसिन सेवा

<span class='c1'>कोशीका पाँच जिल्लामा</span> <span class='c2'>वी.पी.को टेलिमेडिसिन सेवा</span>

विराटनगर । वी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र स्वास्थ्य निर्देशनालय, कोसी प्रदेश सरकारको संयुक्त सहकार्यमा सङ्खुवासभा, भोजपुर, खोटाङ, ओखलढुङ्गा र ताप्लेजुङ जिल्लाका जिल्ला अस्पतालहरूमा टेलिमेडिसिन सेवा सुचारु हुने भएको छ ।

प्रतिष्ठानमा कोशी प्रदेश स्वास्थ्य मन्त्री माननीय प्रदीप कुमार सुनुवारले बिहीबार कार्यक्रमको उद्घाटन गरेका हुन् । कार्यक्रममा प्रतिष्ठानलाई हब अस्पतालको रूपमा विकास गरी उल्लेखित जिल्ला अस्पतालहरूमा उपलब्ध हुन नसकी रहेका विशेषज्ञ सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ । उक्त टेलिमेडिसिन कार्यक्रम मार्फत सेवाग्राहीहरूले सम्बन्धित जिल्ला अस्पतालका स्वास्थ्यकर्मीहरू मार्फत प्रतिष्ठानका विशेषज्ञ चिकित्सकहरू सँग सम्पर्क स्थापित गर्न सक्ने छन् ।

उद्घाटन कार्यक्रममा वी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक डा. जगत नारायण प्रसादले टेलिमेडिसिन कार्यक्रम मार्फत प्रदेशभरीका स्वास्थ्य संस्थाहरुमा प्रतिष्ठानको विशेषज्ञ सेवा बिस्तार हुँदै गरेको बताएका छन् । कोसी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर कटुवालले टेलिमेडिसिन कार्यक्रमको प्रभावकारिताकोको चर्चा गर्दै स्वास्थ्य सेवा बिस्तारको लागि प्रदेश सरकार सरोकारवालाहरू सँग सहकार्य गरी अगि बढ्न चाहेको बताएका छन् । प्रतिष्ठान अन्तर्गत ई–हेल्थ तथा टेलिमेडिसिन कार्यक्रमका फोकल पर्सन प्रा डा नरेन्द्र भट्टले कार्यक्रमको प्रभावकारिता र दिगोपनको सम्बन्धमा आफ्नो धारणा राखेका थिए ।

टेलिमेडिसिन कार्यक्रमका मेडिकल कोअर्डिनेटर डा प्रमेन्द्र प्रसाद गुप्ताले प्रतिष्ठान अन्तर्गत सञ्चालित टेलिमेडिसिन कार्यक्रमले डिजिटल हेल्थको क्षेत्रमा नेपालमै अग्रणी भई गरेका कामहरूको चर्चा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्