ट्राफिक व्यवस्थापनमा प्रविधि प्रयोग गर्न डिआईजी खापुङको निर्देशन

ट्राफिक व्यवस्थापनमा प्रविधि प्रयोग गर्न डिआईजी खापुङको निर्देशन

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङले ट्राफिक व्वस्थापनमा प्रविधिको प्रयोग बढाउन निर्देशन दिएका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय इटहरी सुनसरीको निरीक्षण गर्दै प्रविधिको प्रयोग गरी ट्राफिक व्यवस्थापन मिलाउन उनले निर्देशन दिएका हुन् ।

ट्राफिक कार्यालयको निरीक्षणका क्रममा उनले सम्पुर्ण शाखाहरु र ट्राफिक प्रहरीले सवारी दुर्घटना न्युनिकरण तथा ट्राफिक व्यवस्थापनमा प्रयोग गर्ने सामग्री र उपकरणहरु समेतको निरीक्षण गरेका थिए ।

निरीक्षण पश्चात प्रहरी कर्मचारीहरुलाई निर्देशन दिने क्रममा आम नागरिकहरुमा सडक सु–शासनको महसुस हुने गरी पहिलो प्राथमिकताका साथ ट्राफिक ब्यवस्थापन मिलाउन तथा चेकिङको क्रममा कसैलाई दुःख हैरानी नदिन र गैह्र ब्यवसायिक कार्य नगर्न पनि सुझाएका थिए ।

सवारी दुर्घटना न्युनिकरण गर्न आवश्यक चेक प्वाईन्ट राख्न तथा सवारी चालक, पैदल यात्रीहरुलाई नियमित रुपमा ट्राफिक प्रशिक्षण दिन र प्रभावकारीरुपमा प्रबिधिको प्रयोग गरी ट्राफिक ब्यवस्थापन मिलाउन समेत डिआईजी खापुङले निर्देशन दिएका छन् । मोरङ र सुनसरी जिल्लामा ट्राफिक व्यवस्थापनमा खटिने ट्राफिक प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्