हराएका २१ मोटरसाइकल, ६ वटा चारपाङ्ग्रे र अटो ट्राफिक प्रहरीद्वारा फेला

हराएका २१ मोटरसाइकल, ६ वटा चारपाङ्ग्रे र अटो ट्राफिक प्रहरीद्वारा फेला

विराटनगर । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले हराएका सवारी साधन फेला पारेर सम्बन्धित धनीलाई फिर्ता दिएका छ । सुनसरीस्थित कार्यालयमा आयोजित एक कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङबाट ट्राफिक प्रहरीले फेला परेका सवारी साधन सम्पर्कमा आएका सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गराइएको हो । प्रदेश प्रहरी प्रमुख खापुङले बिहीबार ३ वटा मोटरसाईकल सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरेका थिए ।

हस्तान्तरण कार्यक्रममा उनले सवारी धनी तथा चालकहरुलाई आफ्नो साधन सुरक्षित स्थानमा पार्किङ गर्न तथा सवारी पार्किङ गरे पश्चात ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक अनिवार्य लगाउन तथा सुरक्षा साइरनहरु सवारीमा जडान गर्न आग्रह गर्नुपर्ने बताएका थिए ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीमा प्राप्त भएको निवेदनका आधारमा हराएको सवारी साधन खोजी गर्ने क्रममा कोशी प्रदेशका बिभिन्न स्थानमा नक्कली नम्बर प्लेट राखेर चलाएको तथा सवारी साधनको आवश्यक कागज पत्र नभएको २१ वटा मोटरसाईकल, ६ वटा चारपाङ्ग्रे साना सवारी र एउटा अटो टेम्पो ट्राफिक प्रहरीले फेला पारेको छ । यसमध्ये ९ वटा मोटरसाईकल र २ वटा चारपाङ्रग्रे सवारी साधन सम्वन्धित सवारी धनीलाई जिम्मा बुझाई सकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्