चार प्रदेशका उद्योग वाणिज्य संघसँग अनुभव साटेर फर्कियो कोशीको टोलि

चार प्रदेशका उद्योग वाणिज्य संघसँग अनुभव साटेर फर्कियो कोशीको टोलि

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले कोशी प्रदेशका ३० वटा जिल्ला तथा नगर उद्योग वाणिज्य संघका सचिवालय प्रमुखहरुलाई चार प्रदेशका उद्योग वाणिज्य संघसँग अनुभव साटासाट गराएको छ । मधेश, वाग्मती, गण्डकी र लुम्विनी प्रदेशमा रहेका उद्योग वाणिज्य महासंघ तथा जिल्ला र नगर उद्योग वाणिज्य संघहरुमा सिकाई तथा अनुभव आदान प्रदान भ्रमण गरेर कोशीको टोलि फर्किको हो ।

अन्य प्रदेशका उद्योग वाणिज्य महासंघ तथा सघहरूको सचिवालय व्यवस्थापन, नियमित र विकास मुलक कार्यक्रम कार्यान्वयन, संस्थागत सुशासन, स्रोत व्यवस्थापन जस्ता विषयमा रहेका असल अभ्यास बारे जानकारी लिने गरी नेपाल उद्योग वाणिज्य महासंघ कोशीले पाँच दिने भ्रमण आयोजना गरेको थियो ।

गत चैत्र १६ गते देखि २० गते पांच दिनसम्म भएको उक्त भ्रमण गर्ने क्रममा मधेश प्रदेशको लहान उद्योग वाणिज्य संघ, नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेश, जनकपुर उद्योग वाणिज्य संघ, मकवानपुर उद्योग वाणिज्य संघ, नेपाल उद्योग वाणिज्य महासंघ बाग्मती प्रदेश, पोखरा उद्योग वाणिज्य संघ, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश, स्याङ्जा उद्योग वाणिज्य संघ, पाल्पा उद्योग वाणिज्य संघ, बुटबल उद्योग वाणिज्य संघ, सिद्धार्थ उद्योग वाणिज्य संघ एंव नेपाल उद्योग वाणिज्य महासंघ लुम्विनी प्रदेशका गतिविधी तथा सचिवालय व्यवस्थापन अभ्यासका सन्दर्भमा अन्तरक्रिया, अनुभव आदान प्रदान तथा अवलोकन गरिएको थियो । सो क्रममा विभिन्न उद्योग वाणिज्य संघहरूमा संस्थागत अवस्था तथा कार्यक्रमहरूका सन्दर्भमा प्रस्तुती तथा अन्तरक्रिया कार्यक्रम पनि समावेश रहेको थियो ।

द एशिया फाउण्डेशनको सहयोग तथा कम्यूनिटी इन्गेजमेन्टस् एण्ड आउटरिच प्रा.लि.संगको सहकार्यमा सम्पन्न भएको उक्त भ्रमण कार्यक्रमबाट उद्योग वाणिज्य संघको संस्थागत विकासका साथै क्षमता अभिवृद्धिमा प्रोत्साहन हुनका साथै असल अभ्यास सिक्ने अवसर पाएको छ । कार्यक्रम जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुको संस्थागत विकासका लागि अन्त्यन्तै फलदायी भएको सहभागि जिल्ला नगर उद्योग वाणिज्य संघका सचिवालय प्रमुखहरुले व्यक्त गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका कार्य समितिका सदस्य विरेन्द्र कुमार साह र कार्यकारी निर्देशक राधारमण भण्डारी(श्याम)को नेतृत्वमा गएको उक्त भ्रमण टोलीमा ३० जनाको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्