सुनसरीका दुई पालिका भित्र निषेधाज्ञा

सुनसरीका दुई पालिका भित्र निषेधाज्ञा

विराटनगर । जिल्ला प्रशासन कार्यालय सुनसरीले दुईवटा गाँउपालिका क्षेत्र भित्र निषेधाज्ञा जारी गरेको छ । जिल्लाको दक्षिणवर्ती क्षेत्रका हरिनगर गाँउपालिकाका सबै वडा र देवानगंज गाँउपालिकाको १ र ७ नम्बर वडामा शुक्रबार दिउँसो १२ बजेदेखि निषेधाज्ञा आदेश गरिएको हो ।

शान्ति सुरक्षाको संवेदनशीलतालाई मध्यनजर राखी सम्भावित जोखिम कम गर्न तथा सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिम अर्को सूचना जारी नभएसम्मका लागि आदेश जारी गरिएको छ ।

अत्यावश्यक काम परे सुरक्षा निकायसँग समन्वयमा बाहेक सामुहिकरुपमा गरिने भेला, धार्मिक , राजनैतिक सभा, ¥याली , भेला जम्मा र प्रदर्शन गर्न नपाईने उल्लेख गरिएको छ । बिहीबार युवाहरुको दुई समुहबीच भएको विवादका कारण त्यस क्षेत्रमा अशान्त बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्