भुटाहामा दुई समुहको झडप नियन्त्रणमा लिन छ राउण्ड हवाई फायर

भुटाहामा दुई समुहको झडप नियन्त्रणमा लिन छ राउण्ड हवाई फायर

विराटनगर । सुनसरीको हरिनगर गाउँपालिका १ भुटाहामा दुई समूहबीच भएको झडप नियन्त्रणका लागि प्रहरीले छ राउण्ड हवाई फायर गरेको छ । भुटाहामा एक युवकलाई कुटपिट गरेको घटनामा विवाद उत्पन्न हुँदा दुई समुहबीच झडपको अवस्था सिर्जना भएको हो ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले ६ राउण्ड हवाइ फायर र ११ राउण्ड अश्रूग्यास पनि प्रहार गरेको छ । स्थानीय प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको गरिसकेको छ ।

कोशी प्रदेश प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक दीपक पोखरेलका अनुसार दुई पक्षबीचको झडपमा चार जना सामान्य घाइते भएका छन् । घाइतेको उपचारका लागि विराटनगर ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्