विराटनगरमा व्यवसाय दर्ता-नविकरणमा सरसफाई कार्ड अनिवार्य

विराटनगरमा व्यवसाय दर्ता-नविकरणमा सरसफाई कार्ड अनिवार्य

इन्दु साह
विराटनगर । विराटनगरमा व्यापार व्यवसाय दर्ता तथा नविकरणका लागि अनिवार्य सरसफाई कार्ड बनाउनु पर्ने प्रावधान कार्यान्वयनमा ल्याइएको छ । महानगरपालिकाको परिपत्र अनुसार यसको कार्यान्वयन केहि वडा कार्यालयले सुरु गरिसकेका छन् ।

विराटनगर महानगरपालिका १, २, ३, ४, ५, १०, र ११ नम्बर वडाले सरसफाई सदस्यता कार्ड अनिवार्य गरेको हो । यी सबै वडा कार्यालयहरुले सार्वजानिक सुचना जारी गरेर आग्रह गरेका छन् । महानगरपालिकाको २०८०।८१ को वार्षिक निती तथा कार्यक्रममा सफाई सदस्यता कार्ड अनिवार्य बनाउनु पर्ने व्यवस्था छ । सो बमोजिम सदस्यता कार्ड अनिवार्य बनाएर पेस गरेपछि मात्र व्यवसाय दर्ता तथा नविकरण हुने वडाले जारी गरेको सुचनामा उल्लेख छ ।

अब सडक छेउका ब्यवसायिहरुले समेत सडकमा फोहोरजन्य बस्तु फ्याँकेको भेटियमा कारबाही गरिने भएको छ । सरसफाई व्यवस्थापन शाखाका सुपरभाईजर किरण न्यौपानेले सहरको फोहोर व्यवस्थापन प्रभावकारी बनाउने नीति अनुसारको योजना कार्यन्व्यनमा ल्याइएको जानकारी दिएका छन् । उनले विद्यालयसँगको सहकार्यमा थप योजना बनाउने तयारी भईरहेको बताए ।

महानगरले सरसफाईको विषयमा थप निगरानी बढाएको छ । महानगरको टोलीले दैनिक विराटनगरका विभिन्न स्थानमा अनुगमन बढाएको छ । जथाभावी फोहोरमैला फालिएको पाइएमा विराटनगर महानगरपालिकाद्वारा जारी गरिएको फोहोरमैला निष्कासन, संकलन तथा अन्तिम विसर्जन सम्बन्धी निर्देशिका २०६८ बमोजिम कारवाही गरिने छ ।

महानगरपालिका सरसफाई व्यवस्थापन शाखामा भएको तथ्याङक अनुसार माघ मसान्तसम्मको सरसफाई सदस्य घरधुरी तथा ब्यवसाय वडा नं. १ मा १२ सय ७० रहेको छन् । यसैगरी क्रमस वडा नं. २ मा ९ सय ८६, वडा नं. ३ मा २१ सय ३८, वडा नं. ४ मा १२ सय २४ ,वडा नं. ५ मा ११ सय ९४, वडा नं. ६ मा १५ सय ४२, वडा नं. ७ मा १ हजार ३८, वडा नं. ८ मा १ हजार ९४, वडा नं. ९ मा १ हजार ५७, वडा नं. १० मा १५ सय, वडा नं. ११ मा १ हजार ५५ , वडा नं. १२ मा १४ सय २१, वडा नं. १३ मा ६ सय ३८, वडा नं. १४ मा १ सय ४६, वडा नं. १५ मा ८ सय तिन, वडा नं. १६ मा २ सय ३६, वडा नं. १७ मा ९२, वडा नं. १९ मा ८२ घरधुरी तथा व्यवसाय रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्