सुनसरीका पाँच स्थानीय तहमा कर्फ्यु

सुनसरीका पाँच स्थानीय तहमा कर्फ्यु

विराटनगर । दुई समुहबीचको विवाद समुदायस्तरमा फैलिएर उग्र रुप लिएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले शुक्रबार अपरान्हबाट निषेधाज्ञा आदेश जारी गरेको छ । शुक्रबार बिहानबाट अशान्त बनेको सुनसरी हरिनगरा–१ भुटाहा क्षेत्रको विवाद क्रमशः जिल्ला सदरमुकाम इनरुवासम्म आन्दोलनको रुपमा उठेको छ ।

सुनसरीका कायम मुकायम प्रमुख जिल्ला अधिकारी वेदराज फुँयालले निषेधाज्ञा कायम रहेका बखत भीड नियन्त्रणमा लिन कठिनाई भईरहेकोले थप सुरक्षा फौज खटाउने तयारी भईरहेको जानकारी दिएका छन् । भुटाहामा एक युवाहरुको समुहले अर्का एक युवामाथि आक्रमण गरेका थिए । जसलाई हिन्दु र मुस्लिमबीचको विवादको रुपमा व्याख्या गरिएपछि त्यसले दुवै समुदायमा असर पारेको हो ।

अहिले दुवैतर्फबाट सुरक्षा संयन्त्रमाथि दबाब परेको छ । सुनसरी प्रहरीले अहिलेसम्म ५१ राउण्ड बढी हवाई फायर भइसकेको जनाएको छ । अवस्था नियन्त्रण जिल्ला प्रशासन कार्यालय सुनसरीले ५ स्थानीय तहमा कर्फ्यु जारी गरेको छ। चैत २३ गते साँझ ५ बजेदेखि अर्को सूचना जारी नभएसम्मको लागि कर्फ्यु जारी गरेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ। सुनसरीको इनरुवा नगरपालिका, हरिनगरा, देवानगंज, भोक्राहा नरसिंह, कोशी गाउँपालिका क्षेत्रमा निषेधाज्ञा जारी भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्