विराटनगर । विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेशाल्टी अस्पतालले ‘अनलाइन टिकटिङ्ग प्रणालीे’ सेवा संचालनमा ल्याएको छ।
स्वास्थ्य प्रविधि सेवा प्रदायेक संस्था आईमर्क डिजीटल प्रालीको डाफें हेल्थ सेवा अन्तर्गत उक्त सेवा आइतबारदेखि संचालनमा ल्याएको हो ।
यस प्रणालीबाट, बिमारी तथा अस्पतालको सुविधा लिन चाहने जोसुकैले अब घरमै बसी-बसी चाहेको चिकित्सको टिकट सजिलै काट्न सक्ने अस्पतालले बताएको छ । अनलाइन टिकटिङ्ग प्रणाली भित्र ‘न्यूरो हस्पिटल’ मोवाइल एप र वहेपसाइट पनि रहेको छ । आफुले चाहेको चिकित्सको सेवा शुल्क पनि अनलाइन खल्ती र इसेवाबाटै सहज भुक्तानी गर्न सकिने व्यवस्था अस्पतालले बनाएको छ । समयको महत्वपूणर् बचतका साथै चिकित्सकीय टिकटिङ्ग प्रक्रिया सम्पन्न हुने गरी बिमारीहरुले अनलाइन बाटै सहज आवेदन दिने व्यवस्था गरिएको छ । यो साझेदारीले न्युरो अस्पतालको सेवाहरूलाई अझ प्रभावकारी बनाउने उद्देश्यले रहेको अस्पतालका निर्देशक राजेश भट्टराईले बताए ।
‘हाम्रो उद्देश्य स्वास्थ्य सेवा प्रदान गर्ने प्रक्रियाहरूलाई अझ सुविधाजनक बनाउनु हो । यो अनलाइन टिकटिङ्ग प्रणालीले बिरामीहरुको जीवनमा सहयोग प्रदान गर्नेछ । नेपाल मात्र नभई भारतबाट आउने बिरामीहरुका लागि पनि यो सेवा अझ फल्दाही हुने हामीले विश्वास ठानेका छौ,’ निर्देशक भट्टराईले भने ।
डाफें हेल्थका प्रमुख कार्यकारी अधिकृत युबराज पराजुलीले बिगत १६ वर्ष देखि संस्थाले हेल्थ टेकमा उत्कृष्ट सेवा प्रदान गर्दै आएको र अझ परिस्कृत हेल्थ सोलुसन् प्रधान गर्ने उद्देश्यका साथ यस साझेदारी गरिएको बताए ।
यो अनलाइन प्रणाली सुरु भएपछि बिरामीहरूले सजिलै र तत्काल तथा सुविधाजनक रुपमा आफुले चाहेको चिकित्सकीय सेवा आफुले चाहेको मिति र समयमा बुकिङ गर्न अस्पतालले जनाएको छ । यसैगरी बिरामिको विवरण र नोटः न्युरो हस्पिटल एप मार्फत सिधै डाक्टरहरूले बिरामीको सम्पूर्ण विवरणहरू एकीकृत हस्पिटल व्यवस्थापन प्रणालीमा देख्न र नोट राख्न सक्नेछन् ।
विशेष सेवाहरूको अधिकार र पहुँचः बिरामीहरूले ल्याब रिपोर्ट सिदै न्युरो हस्पिटल एप बाट प्राप्त गर्न सक्ने बताइएको छ ।