तरकारी बोकेको मिनिट्रकमा लुकाएर गाँजा

तरकारी बोकेको मिनिट्रकमा लुकाएर गाँजा

विराटनगर । धनकुटाको साँगुरीगढी गाँउपालीका–६ भेडेटारबाट प्रहरीले ५४४ केजी गाँजा बरामद गरेको छ । तरकारी बोकेको मिनिट्रकमा लोड गरेर ल्याउँदै गरेको अवस्थामा लागुऔषध गाँजा बरामद गरिएको हो ।

तरकारी बोक्ने मिनिट्रकमा लागुऔषध गाँजाको ओसार पसार भईरहेको सूचनाको आधारमा आइतबार राती ८ बजे इलाका प्रहरी कार्यालय भेडेटारले चेकजाँच गरेको थियो । भेडेटार चोकमा रोकेर राखेको को १ ख ३२९४ नम्बरको मिनिट्रकलाई चेकजाँच गर्दा गाडीमा लोड भएको सब्जीको बोरा भित्र प्याक गरी लुकाई छिपाई राखेको अवस्थामा ५४४ केजी लागुऔषध गाँजा बरामद गरेको हो ।

गाँजा र सवारी साधन नियन्त्रणमा लिईएको र ट्रकका चालक तत्काल फरार रहेकोले खोजतलास भईरहेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्