कोशी प्रदेश : पर्यटन वन तथा वातावरण मन्त्री गणेश उप्रेतीले दिए राजीनामा

कोशी प्रदेश : पर्यटन वन तथा वातावरण मन्त्री गणेश उप्रेतीले दिए राजीनामा

विराटनगर । कोशी प्रदेश सरकारका पर्यटन वन तथा वातावरण मन्त्री गणेश प्रसाद उप्रेतीले राजीनामा दिएका छन् ।

आज बसेको संसदीय दलको बैठक अनुसार मन्त्री उप्रेतीले राजीनामा दिएका हुन् ।

मन्त्री उप्रेतीले मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पुगर राजिनामा बुझाएका हुन् । उप्रेती मंसिर १७ गते मन्त्रीमा नियुक्ति भएका हुन्। केन्द्रमा फेरिएको सत्ता समीकरण अनुसार नयाँ सरकार गठनको तयारीमा जुटेको नेकपा एमाले र माओवादी केन्द्रले आजै मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारलाई दिएको विश्वासको मत र समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्