एभरेष्टमा कक्षा १ उत्तिर्ण विद्यार्थी दिक्षित

एभरेष्टमा कक्षा १ उत्तिर्ण विद्यार्थी दिक्षित

विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलमा अध्ययनरत कक्षा १ उत्तिर्ण विद्यार्थीलाई दिक्षित गरिएको छ । प्ले ग्रुप देखि कक्षा १ सम्मको अध्ययन पुरा गरेका विद्यार्थीलाई सोमबार दिक्षान्त समारोह आयोजना गरेर दिक्षित गरिएको हो ।

एभरेष्टको सभाहलमा सम्पन्न समारोहमा कक्षा १ उत्तिर्ण गरेका ७६ जना बालबालिकालाई दिक्षित गरिएको एभरेष्ट मन्टेश्वरीकी इन्चार्ज मेलिना ओलीले बताएका छन् । दिक्षान्त समारोहलाई सम्बोधन गर्दै विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले युग अनुसार अभिभावकले समेत रुपान्तरण हुन सके बालबालिकाको सर्वाङ्गिण विकासमा सहयोग पुग्ने बताएका छन् । उनले एभरेष्टले विश्वस्तरीय शैक्षिक वातावरणमा अध्ययापन गराउने प्रयत्न गरिरहेको भन्दै घरमा पनि सोहि अनुसारको वातावरण बनाउन अभिभावकसँग आग्रह गरेका छन् ।

मस्तिकको तिब्रतर विकास हुने उमेरका बालबालिकालाई मोबाइल तथा ग्याजेटबाट सकेसम्म टाढा राख्न आग्रह गर्दै प्रिन्सिपल पुरीले आफ्ना बच्चालाई सक्दो बढी समय दिन समेत आग्रह गरेका छन् । दिक्षान्त समारोहमा अभिभावकका तर्फबाट आफ्ना विचार राख्दै डा. एलिना बरालले एभरेष्ट मन्टेश्वरीमा बालबालिकालाई हरेक दिन नयाँपन दिने वातावरण बनाएको भन्दै प्रशंशा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्