अदालत धाउँदा–धाउँदा हैरान, नौवर्षमा पनि फिर्ता भएन लालपुर्जा

अदालत धाउँदा–धाउँदा हैरान, नौवर्षमा पनि फिर्ता भएन लालपुर्जा

इन्दु साह
विराटनगर । जग्गा धरौटी राखेर अर्कैले खाईदिएपछि कृष्णवती राजबंशी नौ वर्ष अगाडी अदालतसँग न्याय माग्न पुगिन् । ४० वर्षीया राजबंशीले प्रतिवादीसँग मुद्दा जितिन् । तर, पीडकले धरौटीमा राखेको जग्गा भने फिर्ता भएन । बरु ठगी गर्ने पीडक फरार भईदिए । अदालतको फैसला अनुसार प्रतिवादी कैद भुक्तान गरिरहेका छन् ।

कृष्णावती आफुमाथि भएको अन्यायमा डटेर लडिन्, पीडकलाई कानुनी दायरामा पनि ल्याईन् तर उनले आफ्नो गुमेको सम्पति भने अझैसम्म फिर्ता ल्याउन सकेकी छैनन् । पीडकले धरौटीमा राखेको जग्गा फुकुवा गरेर उनको लालपूर्जा फिर्ता गर्नुपर्ने भनिएको थियो । उनले धेरै पैसा खर्च गरेर मुद्दा लडेपनि पाउनुपर्ने लालपूर्जा पाएकी छैनन् ।

उनीजस्तै अदालत धाईरहनु पर्ने बाध्यताका धेरै सेवाग्राही अदालतमा भेटिन्छन् । अदालतले गरेको फैसला कार्यन्वयनमा देखिने उल्झनले धेरैको हतास मनस्थिति बनिसकेको हुन्छ । अदालतको फैसलापछि दोषी ठहर हुने व्यक्ति फरार हुँदा पीडितले समयमै न्याय पाउँदैनन् ।
जिल्ला अदालत मोरङमा चालु आर्थिक वर्षमा २९ ठगीका मुद्दा दर्ता भएका थिए । जसमध्ये छ वटा मुद्दा फस्र्यौट भईसकेका छन् । गत आर्थिक वर्ष २०७९÷२०८० मा ३८ मुद्दा दर्ता भएका थिए । जसमध्ये २४ मुद्दा फस्र्यौट भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्