कोशी प्रदेश : एमालेले मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन फिर्ता लियो

कोशी प्रदेश : एमालेले मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन फिर्ता लियो

विराटनगर । एमालेका सांसदहरुले मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिएको पत्र बुझाएका छन् ।

प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष पुगेर एमाले सांसदहरूले मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन फिर्ता लिएको पत्र बुझाएका हुन् ।

अन्तिम विकल्पको सरकार रूपमा एमालेका सांसदहरुले गएको असोजमा कार्कीलाई मुख्यमन्त्रीको रूपमा समर्थन गरेका थिए । कोशीका मुख्यमन्त्री केदार कार्की २७ असोजमा संविधानको धारा १६८ (५) अनुसार नियुक्त भएका थिए । समर्थन फिर्ता लिएसङ्गै एमाले र माओवादीका सांसदहरुले एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया सुरु गर्न निवेदन प्रदेश प्रमुखलाई बुझाएका छन् ।

एमाले र माओवादीले मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन फिर्ता लिएको सूचना प्रदेश सभा सचिवालयमा दिइसकेका छन् । यससँगै मुख्यमन्त्री कार्की स्वतः अल्पमतमा पर्नेछन् । उनले संविधानको धारा १८८ (२) बमोजिम ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्