राजीनामा र समर्थन फिर्ता लगतै मुख्यमन्त्रीद्वारा अधिवेशन आह्वान

राजीनामा र समर्थन फिर्ता लगतै मुख्यमन्त्रीद्वारा अधिवेशन आह्वान

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले ढेड महिनापछिका लागि अधिवेशन आह्वानका लागि सिफारिस प्रदेश प्रमुख समक्ष गरेका छन् । कोशी प्रदेश, प्रदेशसभाको पाँचौं नियमित अधिवेशन २०८१ साल जेठ ११ गते गर्ने गरि मन्त्रीपरिषद्को निर्णय अनुसार मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुख समक्ष सिफारिस गरेका हुन् ।

नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम अधिवेशन आह्वान गरिएको हो । मुख्यमन्त्री कार्की सरकारमा रहेको नेकपा (माओवादी केन्द्र)का तीनजना मन्त्रीले राजीनामा बुझाएसँगै संसदीय दलले समर्थन फिर्ता सोमबार लिएको थियो ।

लगतै नेकपा एमालेले दिएको समर्थन समेत फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले ढेड महिनापछिका लागि अधिवेशन आह्वान गर्ने सिफारिस गरिदिएका छन् । संसदको नियमित अधिवेशन आह्वान भईसकेको अवस्थामा विशेष अधिवेशनको माग कमजोर हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्