अपाङ्गता भएका व्यक्तिलाई व्हीलचेयर वितरण

अपाङ्गता भएका व्यक्तिलाई व्हीलचेयर वितरण

विराटनगर । विराटनगर महानगरपालिका १० नम्बर वडा कार्यालयले अपाङ्गता भएका व्यक्तिहरुलाई व्हीलचेयरसहित अन्य विभिन्न समाग्रीहरु वितरण गरिएको छ ।

विराटनगर –१० स्थित जेसिज भवनमा एक कार्यक्रम आयोजना अपाङ्गता भएका व्यक्तिहरुलाई व्हीलचेयरसहित अन्य विभिन्न सामाग्रीहरु सोमबार वितरण गरिएको हो ।

उनीहरुलाई व्हीलचेयर, कमोड चियर, वाकर, ह्वाइट इस्टिक, शैक्षिक सामग्री, स्कुल ब्याग बितरण गरिएको विराटनगर १० का वडाअध्यक्ष अर्जुन गिरीले जानकारी दिए । यसैगरी उनीहरुलाई मोरङ र सुनसरीको विभिन्न पर्यटकिय स्थल, पार्क सिमसार क्षेत्र अवलोकन भ्रमण पनि गराएको छ । पर्यटकीय स्थलहरुमा अपाङ्गता भएका व्यक्तिहरुलाई सामर्थ्य नेपाल सस्था मार्फत अवलोकन तथा भ्रमण गराएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्