स्वर्गीय कृष्ण देवानको स्मृतीमा छात्रवृत्ती स्थापना

स्वर्गीय कृष्ण देवानको स्मृतीमा छात्रवृत्ती स्थापना

विराटनगर । विराटनगर – ९ स्थित इडेनवर्ग कलेजले आवर विराटनगरका संचालक एवम् समाचार प्रमुख प्रेम देवानका स्वर्गीय बुवा कृष्ण देवानको नाममा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ती प्रदान गर्ने भएको छ ।

प्रत्येक वर्ष स्वर्गीय कृष्ण देवानको स्मृतीमा इडेनवर्ग कलेजले नगद पाँच हजार रुपैयाँसहित प्रत्येक वर्ष एक जना जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ती प्रदान गर्ने निर्णाय गरेको हो ।

स्वर्गीय कृष्ण देवान इडेनवर्ग कलेजका पूर्व कर्मचारी हुन् । कलेजका क्याम्पस प्रमुख डिके साहले स्वर्गीय कृष्ण देवानको स्मृतीमा प्रत्येक वर्ष जेहेन्दार एक जना विद्यार्थीलाई छात्रवृत्ती प्रदान गर्ने निर्णाय गरेको जानकारी गराए ।

त्यसैगरी देवान परिवारको तर्फबाट पनि स्वर्गीय कृष्ण देवानको नाममा थप एक जना विद्यार्थीलाई छात्रवृत्ती दिने घोषणा गरेका छन् । छोरा प्रेम देवानका अनुसार कलेजले एक जना जहेन्दार छात्रलाई र परिवारको तर्फबाट जेहेन्दार छात्रालाई छात्रवृत्ती दिने बताए ।

मुटुका विरामी रहेका कृष्ण देवानको ७० वर्षको उमेरमा १८ चैतमा न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्