विराटनगरमा मानगढको पानी पीउने की हेर्ने

विराटनगरमा मानगढको पानी पीउने की हेर्ने

विराटनगर । विराटनगरमा विराट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था अन्तर्गत मानगढ खानेपानी आयोजनाले आपूर्ति गर्दै आएको पीउने पानीमा बारम्बार फोहोर मिसिएर धारामा आउने गरेपछि उपभोक्ता हैरान भएका छन् । विराटनगरमा सुद्ध पीउन पाने आपूर्ति गर्दै आएको मानगढ खानेपानी आयोजनाको पछिल्लो तीन महिनायता बारम्बार समस्या देखिएपछि उपभोक्ता हैरानीमा परेका हुन् ।

गर्मीयाम सुरु भएपछि धारामा लेदोसहितको पानी आउने समस्याले प्रयोगमा समस्या देखिएको हो । ‘मानगढको पानी पीउने भन्दा पनि हेरेर छोड्ने अवस्थाको भयो’ उपभोक्ताहरुले मंगलबार कार्यालयमा पुगेर व्यवस्थापक रंगनाथ ढकालसँग यस्तो गुनासो गरेर फर्किएका थिए । । विराटनगर १, ३, ४, १९ र बुढीगंगा–१ मा पानीको आपूर्ति व्यवस्थापन गर्दै आएको मानगढका छ हजार उपभोक्ता रहेका छन् ।

छ हजार घरधुरीमा पुगेको आयोजनाको पानीमा समस्या हुँदा त्यसबाट मर्कामा पर्नेको संख्या धेरै हुन्छ । घरधनी मात्रै नभई भाडादार समेत पानीमा आश्रित हुन्छन् । मानगढ खानेपानी आयोजनाले पाइपलाइन वास, उत्पादन र क्षमता कम भएकोले नयाँ धारा जडान नर्गे सुचना जारी गरेको छ ।

यद्यपी उपभोक्ताको गुनासोमा व्यवस्थापक ढकालले भने अझै एकवर्षसम्म पानी आपूर्ति प्रणालीमा समस्या हुने जवाफ दिने गरेका छन् । सडक निर्माणमा कुनै पनि स्थानमा पाइप फुटे वा फुट्न गएमा बाहिरको हिलो भित्र पस्ने मुख्य समस्या रहेको दावी छ । तर, मानगढको पानीमा सडक निर्माण वा मर्मतका कारण मात्रै समस्या भएको भने देखिदैन । कार्यालयका व्यवस्थापकले एउटै रुटिङमा सबै पाइपलाइन कनेक्सन भएका कारण एक न एक ठाउँमा समस्या पर्ने बित्तिकै सबै घरमा पानीमा समस्या आउने दाव्ी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्