दीर्घकालीन असर गर्ने काम नगर्न मुख्यमन्त्री कार्कीलाई आग्रह

दीर्घकालीन असर गर्ने काम नगर्न मुख्यमन्त्री कार्कीलाई आग्रह

विराटनगर । एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले अल्पमतमा परेका मुख्यमन्त्रीले दीर्घकालीन असर गर्ने काम गर्न नहुने बताएका छन् ।

सोमबार मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएका नेकपा एमाले र माओवादी केन्द्रले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर यस्तो बताएका हुन् ।

दीर्घकालीन असर गर्ने काम नगर्न आग्रह समेत गरेका छन् । संविधानकाे धारा १८८ बमाेजीम सहभागी दलले समर्थन फिर्ता लिएमा विश्वासकाे मत लिनु पर्ने बताउदै उनले मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासकाे मत नलिएमा प्रदेश प्रमुखले नयाँ प्रक्रिया सुरू गर्ने बताए ।

"हाम्राे सुझाव १६८ काे २ बमाेजिम सरकार गठनकाे प्रक्रिया सुरू गर्नका लागि छ । उहाँले राजीनामा गरेर मार्गप्रसस्त गर्नु राम्राे हुन्छ । " उनले भने," वैशाख २५ भित्र संसदकाेे बैठक बाेलाउनु पर्नेमा जेठ ११ गते बाेलाउन सिफारिस गर्नुले उहाँ सत्तामा रहरहने चाहना देखिन्छ ।"
मुख्यमन्त्रीकाे व्यवहार हेरेर संकल्प प्रस्ताव अगाडि बढाउने तर्क राख्दैन उनले मत विभाजनकाे प्रक्रियामा पनि जान सक्ने जिकिर गरे ।
"सरकार हुन बहुमत चाहिन्छ त्याे हिजाेबाट गुम्याे ।" उनले भने," शासन बहुमतकाे तागतले गर्ने हाे । "

यता नेकपा माओवादी केन्द्रका सांसद एवम् पूर्वमन्त्री दुर्गाप्रसाद चपागाईले अब बलियाे सरकार गठन हुने र त्यसको प्रक्रिया अघि बढ्नेमा जोड दिए। काेशी प्रदेश मध्यावधिमा नजानेमा ढुक्क रहेको समेत बताए । वैकल्पिक सरकार बन्न सक्ने आधार प्रदेश प्रमुखसमक्ष प्रस्तुत भइसकेकाे बताउदै उनले ट्रयाक आउट भएकाे राजनीति अब ट्रयाकमा आएको उनको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्