विराटनगरका सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षण, संस्थागतमा पनि घटेका छैनन्

विराटनगरका सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षण, संस्थागतमा पनि घटेका छैनन्

विराटनगर । नयाँ शैक्षिक सत्रका लागि विराटनगरका विद्यालयले भर्नाको प्रक्रिया सुरु गरेका छन् । विराटनगर महानगरपालिकाले भर्ना अभियान कार्यको तयारी गरिरहेको छ । नयाँ वर्ष प्रारम्भसँगै भर्ना अभियानको कार्यक्रम सुरुवात गर्ने प्रचलन छ । भर्ना अभियान सञ्चालनको तयारी चलिरहँदा विराटनगरका सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेको देखिन्छ । विराटनगरको आदर्श मा.वि.ले ३७८ जना नयाँ विद्यार्थी भर्नाका लागि दुई हजार एकसय विद्यार्थी प्रवेश परीक्षामा सामेल भएका थिए ।

पोखरीया मा.वि.मा मंगलबार भएको प्रवेश परीक्षाबाट ६४५ जना नयाँ विद्यार्थी भर्ना हुनेछन् । कक्षा १–९ मा आवेदन माग गरिएकोमा २ हजार ४३१ जना सहभागि भएका थिए । विराटनगरको जनपथ मा.वि.ले यसवर्षदेखि प्राविधिक धार समेत संलग्न गराएर आगामी बैशाख ७ गते प्रवेश परीक्षा लिने प्राचार्य हरि पराजुलीले जानकारी दिएका छन् । जनपथमा शिशु कक्षादेखि कक्षा १२ सम्म एक हजार ३५० विद्यार्थी छन् । जथपथले अग्रेंजी माध्यम सुरु गरेर पहिलो कक्षा १ मा भर्ना लिएका ४५ जना विद्यार्थीले यसवर्ष एसईई लेखेका छन् । कक्षा १–५ अग्रेजी र ६–१० नेपाली÷अग्रेजी माध्यमका पढाई हुने गरेको छ । विराटनगरकै सत्यनारायण मा.वि.मा समेत विद्यार्थीको आकर्षण उतिकै छ । सामुदायिक विद्यालयहरुले धमाधम भर्नाका लागि प्रवेश परीक्षा लिदैं आएको छन् ।

विराटनगरमा ५६ सामुदायिक विद्यालय र ५० संस्थागत विद्यालय छन् । त्यस बाहेक २० धार्मिक विद्यालय रहेका छन् । विराटनगर महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखाका अधिकृत कृष्ण भट्टराईका अनुसार हाल कक्षा १–१२ मा ६८ हजार विद्यार्थी अध्ययनरत रहेका छन् । जसमध्ये २७ हजार सामुदायिक विद्यालयमा रहेका छन् । बाँकी विद्यार्थी संस्थागत विद्यालयमा अध्ययनरत रहेका छन् । महाशाखाका भट्टराईका अनुसार विराटनगरका विद्यालयमा विद्यार्थी छैनन् भन्ने अवस्था होईन तर सबै सामुदायिक विद्यालयमा समान रुपमा यसको संख्या व्यवस्थापन हुन भने सकेको छैन । उत्कृष्ट सामुदायिक विद्यालयहरुमा अहिले आकर्षण बढ्दो अवस्थामा रहेको छ भने भौतिक संरचनाका हिसाबले कमजोर भएका विद्यालयमा विद्यार्थी भर्ना हुनै नमान्ने अवस्था समेत रहेको छ ।

समग्रमा विराटनगर महानगरपालिकाका विद्यालयमा भर्ना हुने विद्यार्थी तथ्यांकले संख्या घटेको भन्ने पुष्टि नगर्ने तर्क भट्टराईको छ । आगामी नयाँ भर्ना अभियानले थप विद्यार्थी जोडिनेमा उनी विस्वस्त छन् ।

सामुदायिक मात्रै नभई उत्कृष्ट व्यवस्थापनसहित सञ्चालित संस्थागत विद्यालयमा समेत विद्यार्थीको चाप उतिकै छ । विराटनगरको एभरेष्ट ईङ्लिस विद्यालयमा कक्षा १० सम्म दुई हजार २०० विद्यार्थी अध्ययनरत छन् । कक्षा १२ सम्ममा यसको संख्या दुई हजार ५०० छ । एउटै विद्यालयमा दुई हजार बढी विद्यार्थी भर्ना गरेर पढाउन सक्ने क्षमता भएका निजी विद्यालयमा चर्को शुल्क लाग्ने भएपनि उत्कृष्ट व्यवस्थापनसहित पढाईमा जोड दिईने भएका कारण आकर्षण उतिकै देखिन्छ ।

शिक्षा क्षेत्रका नेतृत्वकर्ता एवं एभरेष्टका प्रिन्सिपल टिकाराम पुरीका अनुसार चालु शैक्षिक सत्रका लागि २५० जना मात्रै विद्यार्थीको भर्ना लिईने छ । तर, अधिक चापाका कारण यो संख्या व्यवस्थापन गर्न हम्बे परिरहेको छ । एभरेष्टमा अधिक संख्या भएपनि समग्र विराटनगरमा विद्यार्थी संख्या बढेको भन्न मिल्ने अवस्था भने नभएको पुरीको भनाई छ । उनले जनसंख्याको बृद्धिदर घटेसँगै त्यसको असर विद्यार्थी भर्नामा पनि पर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्