विराटनगरमा २० लाख खर्चदा पनि लामखुट्टे टि..नि..नि….

विराटनगरमा २० लाख खर्चदा पनि लामखुट्टे टि..नि..नि….

इन्दु साह
विराटनगर । विराटनगर–१० घर भएका १६ वर्षीय आदित्य मेहता साँझपख बाहिर खेल्न निस्कन छोडे । घर बाहिर बरण्डामा बसेर पढ्न पनि नसक्ने अवस्था भएपछि उनी साँझ पर्नासाथ कोठामा पसिहाल्छन् । लामखुट्टेको आतंक छ, न बाहिर निस्केर खेल्न मिल्छ न त पढ्न, मेहताले भने–यसको न्युनिकरण गर्ने किन बन्दैन योजना ।

विराटनगरमा लामखुट्टेको आतंकले साँझ बिहान विद्यार्थीको पठनपाठनमा असर पार्ने गरेको मात्रै नभई अन्य काममा समेत अवरोध गर्ने गरेको छ । घरधन्दा लगायत अन्य कार्यगर्न समेत लामखुट्टेको कारण असहज भईरहेको गुनासो धेरैको सुनिन्छ ।
विराटनगरमा वर्षेनी यो समस्या दोहोरिनेमा पर्दछ । गर्मीयामसँगै डेंङगुको संक्रमण फैलनसक्ने जोखिम हुन्छ । लामखुट्टे फैलिन नदिन महानगरपालिकाले नाला सफाई, फोहोर व्यवस्थापन, सडकलाई सफा गर्ने काम पनि गरिरहेकै हुन्छ । तर, पनि लामखुट्टे न्युनिकरण भने हुने गरेको छैन । महानगरपालिकाले २०८०।८१ मा लामखुट्टे नियन्त्रणका लागी विभिन्न कार्यक्रम गरेको छ । जाडो याममा लामखुट्टेका लागि खर्च हुँदैन । तर, गर्मीयाम सुरु अगावै कहाँ खर्च भयो भन्ने देखिदैन ।

महानगरपालिकाले जनचेतनामुलक कार्यक्रम, लार्भा खोजी नष्ट गर्ने अभियान, लामखुट्टे नष्ट गर्न मालाथिन स्प्रे को प्रयोग लगायतकोे कार्य गरेको महानगर स्वास्थ्य शाखाले जानकारी दिइएको छ । लामखुट्टेबाट प्रभावितले यसको नियन्त्रण गरीदिन महानगरसँग माग गरीरहेको शाखा प्रमुख दिलिप यादवको भनाई छ । उनले भने मालाथिन स्प्रेको प्रयोग गर्दा यसले मानव स्वस्थ्यमा असर गर्ने भएकोले यसलाई अति आवश्यकपर्दा विकल्पको रुपमा मात्रै प्रयोग हुन्छ ।

लामखुट्टेबाट बच्ने उपाय व्यक्ति आफैंले खोज्नु नै उत्तम हुने बताए । महानगरपालीकाको आर्थिक प्रशासन महाशाखामा भएको तथ्याङक अनुसार महानगरपालिकाले लामखुट्टे नियन्त्रण कार्यक्रमको लागि २०८०।८१ मा मात्रै २० लाख रुपैयाँ खर्चिसकेको छ । यसमा मालाथिन स्प्रे मात्र १६ लाख ८२ हजार खर्च भएको छ । असोजमा ७ लाख २४ हजार, कार्तिक महिनामा ६ लाख ७८ हजार पाचँ सय खर्च भएको छ । पुस महिनामा २ लाख ८० हजार खर्च भएको छ । यसैगरी २०७९।८० मा समेत लामखुट्टे नियन्त्रण कार्यक्रममा २० लाख खर्च भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्