कोशी अस्पतालको माटो चोर्नेले सडक बिगारे, महानगरलाई बढार्नको हैरान

कोशी अस्पतालको माटो चोर्नेले सडक बिगारे, महानगरलाई बढार्नको हैरान

इन्दु साह
विराटनगर । कोशी अस्पतालमा संरचना निर्माणका क्रममा जग बसाल्न खनिएको माटो चोरेर हतार–हतार लैजादाँ सडकमा छरिएपछि त्यसको अपजस विराटनगर महानगरपालिकाले खेप्नु परेको छ । अस्पताल परिसरबाट माटो लानेले सडकमा छर्ने गरेपछि धुलो उड्ने गरेको छ । कालोपत्रे सडकमा धुलो उडेपछि त्यसको गाली विराटनगर महानगरपालिकाले पाएको छ । सधैंको गाली सहनु भन्दा सोमबार र मंगलबार बिहान महानगरपालिकाको टोलिले विराटनगर–७ को रंगशाला पूर्व परिवारनियोजन कार्यालय आसपासको क्षेत्र बढार्नेदेखि पानी छिट्नेसम्म काम गरेको हो ।

अस्पताल परिसरमा माटो धेरै भयो भन्दै ठेकेदार मिलाएर व्यक्तिले माटो लाने गरेका छन् । महानगरपालिकाका अनुसार सडकमा माटो छर्दै मनोज घिमिरे नाम गरेका व्यक्तिले लगेर आफ्नो जग्गाको खाल्डो पुरेका हुन् । ‘माटो चोरेर लानेले हतार–हतार गर्दा सडक भरी छरेका छन्’ महानगरपालिकाका एक कर्मचारीले भने–सरकारी स्वामित्वको अस्पतालको माटो व्यक्तिको जग्गा पुर्न दिन नमिल्ने हो, दिएपनि त्यसको प्रक्रिया हुँदो हो ।

सरकारका पूर्व सह–सचिव रहेका घिमिरेले पहुँचको प्रयोग गरेर माटो लाने गरेको आरोप छ । सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यन्वयन इकाई कार्यालय विराटनगरले नियमन गर्ने आयोजनाबाट ठेकेदारले माटो लुसुलुसु बिक्री गर्ने गरेको पाइएको छ । बिक्री मात्रै नभई त्यहाँको माटो चोरेर लुसुलुसु व्यक्तिगत जग्गामा लैजाने गरेको विराटनगर महानगरपालिकाका कर्मचारीको आरोप छ । ट्याक्टरमा माटो उठाएर लैजादाँ जथाभावी सडकमा छरिएर धुलो उड्ने अवस्था सिर्जना भएको भन्दै महानगरपालिकाका सरसफाई शाखाले बढारेर हटाएको छ ।

कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.चन्द्रभाल झाले माटो कसले कता लगेको भन्ने कुरा थाहा नभएको बताए । अस्पताल विकास समितिका अध्यक्ष डा.फरवार्ड सिलवालले संरचना  सम्बन्धित कार्यको निर्माण र नियमन गर्ने जिम्मेवारी संघीय आयोजना कार्यन्वयन इकाई कार्यालयले गर्ने भएकोले आफुलाई जानकारी नभएको बताए । आयोजना कार्यन्वयन इकाईका कार्यालय इन्जिनियर सुशिल झाले ठेकेदारले लिजमा जग्गा लिएर माटो सारेको दावी गरे । निर्माण कार्यमा असहज भएका कारण माटो बाहिर लगेर व्यवस्थापन गरिएको झाको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्