हेपाटाइटिसको संक्रमणबाट वर्षेनि १३ लाख मानिसको मृत्यु

हेपाटाइटिसको संक्रमणबाट वर्षेनि १३ लाख मानिसको मृत्यु

काठमाडौं । हेपाटाइटिस संक्रमणका कारण विश्वभर हरेक वर्ष १३ लाख मानिसको मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक भएको छ ।

विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले मंगलबार प्रकाशित गरेको रिपोर्ट अनुसार हेपाटाइटिसले ज्यान गुमाउनको संख्या हरेक वर्ष बढेको पनि बताएको छ।‘डब्लुएचओ २०२४ ग्लोबल हेपाटाइटिस रिपोर्ट’ले १८७ देशको नयाँ तथ्याङ्कले भाइरल हेपाटाइटिसका कारण मृत्यु हुनेको सङ्ख्या सन् २०१९ मा ११ लाख रहेकोमा २०२२ मा १३ लाख पुगेको जनाएको छ । जसमध्ये ८३ प्रतिशतको मृत्यु हेपाटाइटिस बी र १७ प्रतिशत हेपाटाइटिस सीका कारण भएको थियो । प्रतिवेदनमा हेपाटाइटिस ‘बी’ र ‘सी’ संक्रमणका कारण विश्वभर दैनिक ३ हजार ५ सय जनाको मृत्यु भइरहेका छन् ।

संयुक्त राष्ट्र संघको स्वास्थ्य एजेन्सीका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससल प्रतिवेदनले विचलित पार्ने चित्र चित्रित गरेको बताएका छन् । हेपाटाइटिस संक्रमण रोक्न विश्वव्यापी रूपमा प्रगति भएको छ, तर मृत्युको संख्या अझै बढिरहेको छ । पछिल्लो प्रतिवेदनले सन् २०३० सम्म हेपाटाइटिस उन्मूलन लक्ष्यमा पुग्नका लागि धेरै काम गर्नु पर्नेमा पनि जोड दिएको छ । हेपाटाइटिस भाइरसद्वारा हुने सरुवा रोग हो । यस रोगले मानिसको कलेजोमा असर गर्दछ । अन्य मौसम भन्दा वर्षातको समयमा बढी देखा पर्दछ । यसको बेलैमा उपचार भएन भने लिभर क्यान्सर तथा सिरोसिस अफ लिभर हुने सम्भावना हुन्छ । यसलाई एड्स भन्दा पनि खतरनाक मानिन्छ । हेपाटाइटिसबाट मर्नेको संख्या एड्सबाट मर्नेको संख्या भन्दा १०गुणा बढी हुन्छ । मानव शरीरमा कलेजो महत्वपूर्ण अङ्ग हो ।

यो सुन्निएको अवस्था नै हेपाटाइटिस हो । विभिन्न विषाणुको संक्रमण, औषधिको प्रयोग, क्यान्सर आदि हेपाटाइटिसका कारण हुन् । मुख्य रूपमा हेपाटाइटिस भाइरस ए.बी, सी, डी र ई पर्दछन् । प्रत्येक वर्ष करिब १३ लाखको मृत्यु हेपाटाइटिसबाट भइरहेको छ भने ७८ प्रतिशत कलेजोको क्यान्सरको कारण हेपाटाइटिस बी र सी देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्