प्रतिपक्षको अवरोधपछि प्रतिनिधि सभा २ गतेसम्मलाई स्थगित

<span class='c1'>प्रतिपक्षको अवरोधपछि प्रतिनिधि सभा</span> <span class='c2'>२ गतेसम्मलाई स्थगित</span>

काठमाडौं । नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीको सदन अवरोधका कारण सभामुख देवराज घिमिरेले चार दिनका लागि संसद बैठक स्थगित गरेका छन् ।

बुधबार आकस्मिक समय सकिएलगत्तै प्रतिपक्षी दलहरु आ–आफ्नो स्थानमा उठेर बैठक अवरुद्ध गरे । गृहमन्त्रीविरुद्ध संसदीय छानबिन हुनुपर्ने अडान कायमै राखेको कांग्रेसले आकस्मिक समयमा सदन सञ्चालन गर्न दिएपनि शून्य समय प्रारम्भ गर्न खोज्दा अवरोध गरेको हो । राप्रपाका सांसदले पनि मंगलबारको प्रर्दशनमा आफूमाथि प्रशासनले शक्ति प्रयोग गरेको आरोप लगाउँदै सदनमा विरोध जनाए ।

बुधबार आकस्मिक समय सकिएलगत्तै प्रतिपक्षी दलका सांसदले आ–आफ्नो स्थानमा उठेर बैठक अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले आगामी वैशाख २ गते ११ बजेसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित भएको जानकारी गराए । मंगलबारको बैठक पनि कांग्रेसको अवरोधका कारण आजलाई सारीएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्