जिल्ला\नगर उद्योग वाणिज्य संघमध्ये उद्योग संगठन मोरङ उत्कृष्ट

जिल्ला\नगर उद्योग वाणिज्य संघमध्ये उद्योग संगठन मोरङ उत्कृष्ट

विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगीहरुको छाता संस्था उद्योग संगठन मोरङ देशभरिका जिल्ला\नगर उद्योग वाणिज्य संघहरुमा उत्कृष्ट भएको छ । नेपाल उद्योग वाणिज्य महासंघको ५८ औं वार्षिक साधारणसभा एवं उद्योग वाणिज्य दिवस २०८० को अवसरमा संगठनलाई सम्मान तथा पुरस्कृत गरिएको हो ।

उत्कृष्ट सम्मान तथा पुरस्कार प्रधानमन्त्री पुष्प कमल दाहाल “प्रचण्ड” ले संगठनका अध्यक्ष राकेश सुराना र वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठीलाई प्रदान गरेका थिए । संगठनलाई प्राप्त सम्मान पत्रमा “उद्योग, व्यापार, व्यवसायको विकास तथा प्रवद्र्धनमा निर्वाह गरेको उत्कृष्ट भूमिकाको उच्च मूल्यांकन गर्दै जिल्ला\नगरबाट उद्योग संगठन मोरङलाई यो सम्मान पत्र प्रदान गरिएको” उल्लेख छ ।

जिल्ला\नगर उद्योग वाणिज्य संघले उद्योग व्यवसाय क्ष्ँेत्रको प्रवद्र्धनका लागि खेलेको भूमिका, सघ÷प्रदेश र स्थानीय निकायसंग साझेदारीमा भएका कामहरु, वहस पैरवीबाट प्राप्त उपलब्धी, सामाजिक उत्तरदायित्व अन्तर्गत गरेका कार्यहरुका साथै समग्र आर्थिक एवं औद्योगिक विकासमा पु¥याएको योगदानको आधारमा नेपाल उद्योग वाणिज्य महासंघले संगठनलाई उक्त सम्मानबाट पुरष्कृत गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्