विराटनगरमा अड्डा अगाडी पार्किङ भद्रगोल

विराटनगरमा अड्डा अगाडी पार्किङ भद्रगोल

इन्दु साह
विराटनगर। विराटनगर–७ स्थित तीन अड्डाका कार्यालय रहेको पेरिफेरीका सार्वजानिक सडक पार्किङस्थल बन्ने गरेका छन् । कानुनी अड्डाको रुपमा जिल्ला अदालत र उच्च अदालत, माल अड्काको रुपमा मालपोत र नापी अड्डाको रुपमा नापी कार्यालय सँगसँगै छन् । अत्याधिक सेवाग्राहीको भीड हुने तीन सरकारी कार्यालय नजिक–नजिक भएपनि सेवाग्राही तथा सरोकारवालाहरुको सवारी रोक्ने पार्किङस्थल कुनै कार्यालयसँग छैन । जसको चाप सार्वजानिक सडकमा पर्दा सर्वसाधारणको आवागमनमा भने दैनिक झन्झट बेहोर्नु पर्ने अवस्था सिर्जना हुने गरेको हो ।

मालपोत, नापी र जिल्ला अदालतमा आउने सेवाग्राही, यी कार्यालयसँग सरोकार राख्ने पक्षले आफ्नो सवारी सडकमै पार्किङ गर्ने गरेका छन् । जसका कारण देवकोटाचौक–उत्तर परिवारनियोजनको कार्यालय, शहीद मैदान पूर्व लागेपछि परिवारनियोजनको कार्यालय र कोशी अस्पतालको उत्तरतर्फबाट मालपोत तथा जिल्ला अदालत समेट्ने पूर्व–पश्चिमको सडक सधैं सवारी पार्किङले भरिने गरेको छ ।

सेवाग्राहीको अत्याधिक भीड लाग्ने कार्यालयमा पार्किङस्थल छैनन् । जसको असर सार्वजानिक सडकमा परिरहेको छ । उच्च अदालत परिसरमा पार्किङ सुविधा छ । तर, अदालत पेरीफेरीमा खुलेका ल फर्ममा आउने सेवाग्राहीले सडकमै पार्किङ भर पर्नुपर्ने हुन्छ । मालपोत, नापी र जिल्ला अदालतमा पार्किङ सुविधा छैन । यहाँ आउने सेवाग्राहीले सडकमै पार्किङ गर्ने गरेका छन् ।

सडकमा दुई पाङ्ग्रे तथा चार पाङग्रे साना सवारीको पार्किङ हुँदा कुनै आपत परे वा कुनै कारण ठुला सवारी त्यतातर्फ मोडिए जाम लाग्ने समस्या हुने गरेको छ । मोरङ जिल्लाका ट्राफिक प्रमुख सुमन न्यौपानेका अनुसार पार्किङस्थल सडक बन्नुपर्छ भन्ने मान्यताले विराटनगरको ट्राफिक व्यवस्थापनमा समस्या भईरहेको बताउँछन् । अधिक सेवाग्राही आउने सरकारी कार्यालयका लागि पार्किङस्थल व्यवस्थापन गर्न सके पैदल यात्रुका लागि समेत सहज हुने प्रमुख न्यौपानको भनाई छ । महानगरपालिकाका नगर प्रहरी प्रमुख राजन न्यौपानेले सम्बन्धित कार्यालयले सेवाग्राहीका लागि पार्किङस्थलको व्यवस्थापन गरे त्यहाँका समस्या हल हुने बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्