विराटनगर । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलमा दाहाल बिहीबार विराटनगर आउने कार्यक्रम तय भएको छ । माओवादी केन्द्रको कोशी प्रदेशको पार्टीको बैठकलाई सम्बोधन गर्न अध्यक्ष आउने कार्यक्रम तय भएको हो ।
माओवादी केन्द्रका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोका अनुसार अध्यक्षले बिहान ८ः३० बजेदेखि रोडशेष चौकस्थित स्वागतम् होटलमा हुने बैठकमा निर्देशन दिने कार्यक्रम रहेको छ ।
पार्टीका गतिविधि, कोशी प्रदेश सरकार गठन, इलाम–२ उपनिर्वाचनको विषयमा अध्यक्ष प्रचण्डले मातहतका कार्यकर्तालाई निर्देशन दिने कार्यक्रम राखिएको हो ।