सूचनाको हकको लागि राष्ट्रिय महासंघ कोशीको अध्यक्षमा नजवुल खान

<span class='c1'>सूचनाको हकको लागि राष्ट्रिय महासंघ</span> <span class='c2'>कोशीको अध्यक्षमा नजवुल खान</span>

विराटनगर । सूचनाको हकको लागि राष्ट्रिय महासंघ कोशीको अध्यक्षमा नजवुल खान (निलम) चयन भएकी छन् ।

विराटनगरमा भएको महासंघको प्रथम महाधिवेशनबाट उदयपुरकी अधिकारकर्मी खान अध्यक्षमा चयन भएकी हुन् । नागरिकको सूचना पाउने अधिकार स्थापनाका लागि उनी लामो समयदेखि अभियन्ताका रुपमा क्रियाशील छिन् ।

त्यस्तै उपाध्यक्षमा ओखलढुङ्गाका लीलावहादुर सुनुवार र झापाका इश्वरा तिवारी चयन भएका छन् । त्यस्तै, महासचिवमा झापाका सुरेन्द्र भण्डारी, सचिवमा मोरङका सोनु कुमार दास र विनोद भण्डारी चयन भएका छन् । कोषाध्यक्षमा सुनसरीका यमुना गुरागाई (योषा) चयन भएकी छन् ।
त्यस्तै, सदस्यहरमा जमुना विष्ट ताप्लेजुङ, कृष्ण प्रसाद गौतम तेह्रथुम, रञ्जिता खड्का इलाम, धनचन्द्र दाहाल भोजपुर, प्रतिभा शाह उदयपुर, गार्डेन राई सोलुखाुम्बू, नारायण राई धनकुट्टा, मंगल वैध पाँचथर र सुजन बज्रचार्य संखुवासभा रहेका छन् ।

२१ सदस्यीय कार्यसमिति रहने व्यवस्था अनुरुप बाँकी सदस्यहरु कार्यसमितिको बैठकबाट पछि थप गर्ने निर्णय भएको छ । विराटनगरमा भएको महासंघको प्रथम अधिवेशनको उद्घाटन आन्तरिक तथा कानून मन्त्री सम्शेर राईले गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै मन्त्री राईले कोशी प्रदेशलाई सुचना मैत्री प्रदेशको रपमा विकास गरेर लाने बताएका छन् । उनले सूचनाको हक सम्वन्धि छुट्टै कानूनको ब्यवस्था गर्दै आगामी वर्षबाट सूचनाको हक नागरिक स्तरमा पु¥याउन प्रदेश सरकारले जनस्तरमा कार्यक्रम सञ्चालनका लागि बजेटको व्यवस्थापन गर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्