इस्लाम धर्मावलम्बीहरूले ईद पर्व मनाउँदै(फोटो फिचर)

इस्लाम धर्मावलम्बीहरूले ईद पर्व मनाउँदै(फोटो फिचर)

विराटनगर । आज इस्लाम धर्मावलम्बीहरूले ईद पर्व मनाउँदै छन् ।

एक महिना लामो रमजान पर्व (रोजा) पूरा भएको खुशीयालीमा इस्लाम समुदायले इद उल फित्र अर्थात् ईद पर्व मनाउने गर्दछन् ।

पर्वका सन्दर्भमा सरकारले आज देशभर सार्वजनिक विदा दिएको छ।

आजको दिन मुस्लिम धर्मावलम्बी आफू पवित्र भई सफा मस्जिद (इदगाह) मा गएर नमाज पढ्ने, एक आपसमा खुशीयाली साट्दै शुभकामना आदानप्रदान गर्ने प्रचलन छ । विराटनगर-१३ स्थित हवाई फिल्डमा पनि विहानैदेखि भीड लागेको छ ।

आज विहानैदेखिजम्मा भएका मुस्लिम समुदायका केटाकेटीदेखि बुढाबुढीले मस्जिदमा नमाज पढ्ने र एकआपसमा शुभकामना आदानप्रदान गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्