मोरङको रतुवामाईमा सशस्त्र प्रहरीमाथि सीमामा आक्रमण

मोरङको रतुवामाईमा सशस्त्र प्रहरीमाथि सीमामा आक्रमण

रबिन्द्र बराल
विराटनगर । मोरङको रतुवामाई नगरपालिका–१ सोनापुर स्थित सीमा नाकामा भारतबाट भन्सार छलेर सामाग्री ल्याउने कारोबारी समुहको आक्रमणबाट सशस्त्र प्रहरीका हवल्दार घाईते भएका छन् । बिहीबार बिहान ५ बजे प्रस्तावित सीमा सुरक्षा गुल्म बरडंगाबाट गस्तीमा खटिएको टोलिमाथि कारोबारी समुहले ढुंगा प्रहार गर्दा सशस्त्र प्रहरी हवल्दार युवराज तामाङ घाईते भएका हुन् ।

प्रहरीको चारजनाको संख्यामा रहेको गस्ती टोलिमाथि सीमा सुरक्षा गुल्म बरडंगाबाट ७०० मिटर पूर्व सीमा क्षेत्रमा आक्रमण गरिएको थियो । भारतबाट दुईवटा साइकलमा धान लिएर आउँदै गरेका व्यक्तिहरुलाई चेकजाँच गर्ने क्रममा सहायक सीमा स्तम्भ नम्बर १५७÷१ नजिक ढुंगा प्रहार गरिएको थियो । सशस्त्रका हवल्दार तामाङको टाउकोमा चोट लागेपछि अस्पताल भर्ना गरिएको छ ।

सशस्त्रमाथि ढुंगा प्रहारको आरोपमा रतुवामाई–१ सोनापुरका साबर मियाँलाई प्रहरीले खोजतलास गरिरहेको छ । घटनापछि उनी त्यहाँबाट फरार भएको इलाका प्रहरी कार्यालय सिजुवाले जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्