दशगजा क्षेत्रमा भारतीय एसएसपीले खन्यो भ्वाङ्ग

दशगजा क्षेत्रमा भारतीय एसएसपीले खन्यो भ्वाङ्ग

रबिन्द्र बराल
विराटनगर । भारतीय सुरक्षा बल एसएसपीले दशगजा क्षेत्रमा भ्वाङ्ग बनाएर बाटो अवरोध गरेको छ । मोरङको रतुवामाई नगरपालिका १ स्थित सोनापुरमा, भारतीय सीमा सुरक्षा बलले सडकमा खाल्डो खनेर आवातजावत रोकेको हो ।

भारतीय सुरक्षा बलले दश दिन अगाडी सीमा पार गरेर नेपाली भूमिमा रहेको सडक खनेर अवरोध सिर्जना गरेको हो । रातीको समयमा सडकमा भ्वाङ खनेपछि अहिले सवारी आवगमन समेत अवरोध भएको स्थानीयले गुनासो गरेका छन् ।

भारतीय सीमा सुरक्षा बलले गरेको कार्य स्थानीय तह, सशस्त्र प्रहरीलाई जानकारी भएपनि यससँग थप कुरा केहि नभएको बताइएको छ । यससँग सम्बन्धित विषय जिल्ला प्रशासन कार्यालयमार्फत नियमन हुनुपर्ने भएपनि अहिलेसम्म चासो नभएको भन्दै स्थानीयले आक्रोश पोखेका हुन् ।

एसएसपीले दशगजा क्षेत्रको सहायक पिलर १५७÷२ नम्बरको पीलरदेखि पूर्वपट्टी रहेको कच्ची सडकमा खाल्डो खनिएको हो । दशगजा क्षेत्रमा केहि भारतीय नागरिकले घर बनाएपछि नेपालतर्फ सीमा सार्न यसो गरिएको हुनसक्ने आशंका स्थानीयको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्