स्थानीय तहका इन्जिनियर\प्राविधिकलाई पहुँचयुक्तता संरचना निर्माण तालिम

स्थानीय तहका इन्जिनियर\प्राविधिकलाई पहुँचयुक्तता संरचना निर्माण तालिम

विराटनगर । स्थानीय तहका संरचना निर्माणमा अपाङ्गता पहुँचयुक्तत्ता कायम गर्न इन्जिनियर तथा प्राविधिकहरुको तीनदिने तालिम विराटनगरमा सम्पन्न भएको छ । संरचना निर्माणको योजना, त्यसको ढाँचा निर्माण र कार्यन्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने इन्जिनियर तथा प्राविधिकहरुको क्षमता विकास गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो ।

राष्ट्रिय अपाङ्ग महासंघ,कोशी प्रदेश, अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रममा आर्टिटेक बिमला तुलाधार र सुजता शाक्यले कोशी प्रदेशका चार जिल्लाका १९ स्थानीय तहका इन्जिनियर तथा प्राविधिकहरुलाई तालिम दिनु भएको थियो । करुणा फाउन्डेशन नेपालको सहयोगमा सञ्चालित कार्यक्रमले संरचना निर्माणमा सबैको पहुँचयुक्तत्तालाई ख्याल गर्न सहयोग पुगेको सहभागिहरु इन्जिनियहरुले बताएका छन् ।

कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव अशोककुमार साहले स्थानीय तह हिजोको जिल्ला विकास समिति भन्दा शक्तिशाली सरकार रहेकोले पहुँचयुक्तता संरचना निर्माणको काम तलैबाट सुरु हुनुपर्नेमा जोड दिएका थिए । उनले प्राविधिकले आफ्नो भूमिका निर्वाह गरेर कानुन कार्यन्वयनमा जोड दिनुपर्ने सुझाव दिएका थिए । उनले जतिसक्दो चाँडो बनिसकेको संरचनामा सुधार गर्ने र नयाँ बन्ने संरचनामा ध्यान पु¥याउन निर्देशन समेत दिएका थिए ।

कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ कोशीका अध्यक्ष नबिन ढुंगेलले एक दिन एक दिन सबै नागरिक अपाङ्गता भएरै मृत्युवरण गर्ने अवस्थामा पुग्ने भएकोले संरचना निर्माणमा समयमै ध्यान दिनुपर्ने धारणा राखेका थिए । उनले बृद्धबृद्धा हुँदै गएपछि कान नसुन्ने, आँखा नदेख्ने, बिर्सने, खुट्टा दुखेर हिड्न नसक्ने अवस्था आउँछ भन्ने कुरा सबैलाई सम्झन आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्