विराट मोडेल कलेजमा विद्यार्थी विदाई र स्वागत

विराट मोडेल कलेजमा विद्यार्थी विदाई र स्वागत

विराटनगर । विराटनगर– ९ स्थित विराट मोडेल कलेजले स्वागत तथा विदाई कार्यक्रम आयोजना गरेको छ ।

विराटनगरमा बिहीबार एउटै मञ्चमा एक कार्यक्रम आयोजना गरि स्वागत तथा विदाई कार्यक्रम आयोजना गरेको हो । विविएस र विएड पहिलो वर्षका २ सय ५० जना विद्यार्थीलाई स्वागत गरिएको छ ।

त्यसैगरी चौथो वर्षका विविएस र बिएडका १ सय २ जना विद्यार्थीलाई कलेजले विदाइ गरेको छ । कार्यक्रमको प्रमुख अतिथि त्रिभुवन विश्व विद्यालयका परीक्षा सहनियन्त्रक डा.डिल्ली प्रसाइ रहेका छन् । कार्यक्रमको अध्यक्ष्यता कलेज ब्यजस्थापन समितका अध्यक्ष डा.जनक अधिकारीले गरेका थिए ।

कार्यक्रममा प्याब्सन मोरङका कोषाध्यक्ष बिष्णु डंगोल, कान्तिपुर कलेजका प्रिन्सिपल भुवन नेपाललगायतको उपस्थिति रहेको छ । कार्यक्रममा स्वागत मन्तब्य कलेजका सञ्चालक देविलाल महतोले गरे भने कलेजका प्रवन्धक निर्देशक ओमप्रकाश राजवंशीले कलेजको योजनाहरु बताए।

विविएस र विएडका कक्षाहरु सञ्चालन रहेको कलेज २०६५ सालमा स्थापना भएको थियो । २०७९ सालबाट नयाँ व्यवस्थापनमा सञ्चालनमा रहेको छ । कलेजमा एक हजार भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको कलेजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्