विनायक स्कुलमा रक्तदान कार्यक्रम सम्पन्न

विनायक स्कुलमा रक्तदान कार्यक्रम सम्पन्न

विराटनगर। विराटनगर-१२ स्थित विनायक बोर्डिङ सेकेण्डरी स्कुलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

विराट मेडिकल कलेज शिक्षण अस्पताल सहयोगमा रक्तदान कार्यक्रमको सम्पन्न भएको हो।

उक्त कार्यक्रमको अवसरमा स्कुलका विद्यार्थीहरुको रक्तचाप (Blood Pressure), धुकधुकी (pulse rate), अक्सिजन र वजन मापन गरिएको व्यवसाय प्रमुख अश्विनी कुमार ठाकुरले बताए।

स्कुलका विज्ञान र स्वास्थ्य तथा शारीरिक शिक्षाका शिक्षकहरूले समेत सहभागीहरूलाई स्वस्थ जीवन शैलीको बारेमा जानकारी गराएको स्कुलले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्