नयाँ वर्ष, ‘पोष्टकार्ड अनि ती शायरीहरु’

नयाँ वर्ष, ‘पोष्टकार्ड अनि ती शायरीहरु’

सुजता लिम्बु
एक समय थियो, जुन समय नयाँ वर्षको आगमनसँगै पसलमा बेच्न राखिएको पोष्टकार्डले छुट्टै उमंग छाउने गर्दथ्यो । त्योबेला धेरै जस्तो राजेश हमाल, करिस्मा मानन्धर, सारंगा श्रेष्ठको तस्वीर भएको पोष्टकार्ड बिक्री हुन्थे । यता, भारतीय चलचित्रका पुराना नायिका दिव्य भारती, करिश्मा कपुर लगायतको तस्वीर खुब बिक्री हुन्थ्यो ।

नयाँ वर्ष आउनु झण्डै एक महिना अगाडी नै पोष्कार्ड खरिद गर्ने पैसा आमासँग खाजा खाने बाहनाले माग्दै जोहो गर्नुको मज्जा छुट्टै थियो । नेपाली नायक नायिकाको दुई रुपैयाँ, भारतीय नायक नायिकाको एक रुपैयाँको दरले पोष्टकार्ड पाइन्थ्यो । तर, आजभोलि पोष्टकार्ड त अहिलेको पुस्ताका लागि दन्त्य कथा झैै बनिसकेको छ । प्रविधिको विकाससँगै सबै कुरा प्रविधिमैत्री भइसकेको छ । समाजिक सञ्जाल मार्फत नै शुभकामना आदनप्रदान हुन्छ । यसले मित्रताका भाव जिवन्त छ तर जिवित भए जस्तो महसुस हुन छोडेको छ ।

त्यो समय पैसा थोरै थियो, साथीहरु धेरै थिए । जीवन डिजिटल थिएन, तर एकअर्का बीचको सामप्यिता गहिरो थियो । एकअर्का बीचको भनावना भौतिकरुपमा भेटेर नै साटासाट हुने गर्दथ्यो । हातले कोरिएको प्रेमिल अक्षरले नै सार्थीभाईमा प्रेम भाव छर्न सकिन्थ्यो । रंग भर्ने कुनै ठूला सपना थिएन तर रङ्गिन बनाउने बालापन चाँही पक्कै थियो । हुन त अहिले शुभकामना होस् या हालखबर सोध्दा केही सेकेन्डमा नै त्यसको ‘सेस्पोन्स’ पाइन्छ । तर, त्यो समयमा आफूले दिएको पोष्टकार्ड र त्यहाँ लेखिएको सायरीका प्रत्येक हरफहरुको पर्खाइमा बस्नुको मिठास छुट्टै हुन्थ्यो । र साथीले प्रतिउत्तरमा पठाएको पोष्टकार्ड प्राप्त भएपछि ती शब्दहरमा डुब्दा आनन्द महसुस हुन्थ्यो ।

फुल फुल्छ कहाँ–कहाँ बास्ना आँउछ यहाँ,
तिमि छौ , कहाँ–कहाँ याद आँउछ यहाँ ।

शायरीका यस्तै शब्दले पोटकार्डमा आफ्ना भावनाहरु पोखाएर कापीको पानाको खाम भित्र आउने शुभाकामना शन्देसले मन प्रफुलित हुन्थ्यो ।
अहिले त पोष्कार्ड ती शायरी मार्फत बगेका कन्चन भावनाहरु एकादेशको कथा झैँ लाग्न थालेको छ । यद्यपि प्रविधिको विकासलाई पनि नकारात्मक व्याख्या गर्न भने मिल्दैन । टाढीएका पुराना साथीभाई यही सामाजिक सञ्जाल फेसबुक मार्फत भेट हुने अवसर जुरेको छ । टाढा भएपनि सन्चो विसन्चो सोध्ने अवसर प्रदान गरेको छ ।
अत्यमा नयाँ वर्षले तपाईहरुको जीवनमा खुशी र उमंग छाओस् । हाँसेको मनले रोएको मनलाई हँसाउन सकोस यहाँहरु सम्पूर्णमा नयाँ सालको शुभकामना ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्