विराटनगर महानगरस्तरीय कक्षा ८ को परीक्षाफल प्रकाशित

<span class='c1'>विराटनगर महानगरस्तरीय कक्षा ८</span> <span class='c2'>को परीक्षाफल प्रकाशित</span>

विराटनगर । विराटनगर महानगरपालिकाले लिएको कक्षा ८ को परीक्षाफल प्रकाशित भएको छ ।

महानगरस्तरीय परीक्षा चैत २ देखि ९ गतेसम्म सञ्चालन भएको थियो । सो परीक्षामा सामेल भएका ४ हजार ८ सय २४ जनामध्ये ४ हजार ६ सय ८७ जना उत्तीर्ण भएका छन् । जसमध्ये १ हजार २ सय ६४ जनाले ३ दशमलव ६ देखि ४ जीपीए ल्याएको शैक्षिक प्रशासन महाशाखाका प्रमुखसमेत रहेका परीक्षा संयोजक कृष्ण भट्टराईले जानकारी दिनुभयो ।

परीक्षामा विराटनगरका ३५ सामुदायिक, ७६ संस्थागत र ३ धार्मिकसहित १ सय १४ विद्यालयका ४ हजार ८ सय २४ जना विद्यार्थी सहभागी भएका थिए । १ सय २३ जनाले ग्रेड वृद्धिको परीक्षा दिन पाउने भएका छन् । ग्रेड वृद्धिको परीक्षा वैशाख १० गतेदेखि सञ्चालन हुने महाशाखाकी प्राविधिक सहायक बालिका रिजालले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्