विश्वका कुन देशमा कसरी मनाइन्छ नयाँ वर्ष ?

विश्वका कुन देशमा कसरी मनाइन्छ नयाँ वर्ष ?

विश्वका विभिन्न देशमा नयाँ वर्ष मनाउने आ–आफ्नै चलन छ । बर्षभरीका बार, दिन र समय उस्तै भएपनि नयाँ वर्षको पहिलो दिनलाई विशेष मान्ने चलन सर्वत्र छ । पहिलो दिनलाई उत्सवमा रुपमा मनाउने चलन नेपालमा मात्र होइन विश्वभर कायम छ ।

नेपालमा अंग्रेजी, नेपाल संवत र बैशाख १ गतेलाई विक्रम संवतका रुपमा नयाँ वर्ष मानेर मनाइँदै आएको छ । त्यसबाहेक विभिन्न जातजातीहरुले आफ्नो पर्वलाई नयाँ बर्षका रुपमा मानेर उत्सव गर्ने प्रचलन छ । आफ्नो भाषा, संस्कृती, धर्मका आधारमा नयाँ बर्ष मनाउने चलन रहँदै आएको छ ।
प्राचिनकालमा नेपालमा नयाँ बर्षमा मठमन्दिरमा गएर पूजाआजा गरेर मनाउने चलन थियो । अहिले शुभकामना आदनप्रदान र रमाइला कार्यक्रम गर्ने, रमणीय ठाउँहरु घुम्न जाने र मिठोमसिनो खाएर नयाँबर्षलाई उत्सवका रुपमा मनाइँदै आएको छ ।

नयाँबर्ष मनाउने चलनको सुरुवात पात्रोको उत्पत्तिसँग जोडिएकोछ तर ठ्याक्कै कहिलेबाट मनाउन थालियो भन्ने प्रष्ट छैन । तर ईसापूर्व सातसयमा रोमका पहिलो राजा रोमुलसले १० महिनाको एक वर्ष मानेर पात्रो ल्याएको पाइन्छ । चन्द्रमाको मासिक चक्रका आधारमा तयार हुने पात्रोमा ३ सय ४ दिनलाई एकबर्ष मानिथ्यो । उक्त पात्रोमा वर्ष मार्चमा सुरु भएर डिसेम्बरमा सकिन्थ्यो । पछि रोमन राजा नुमा पोम्पिलियसले पात्रोमा जनवरी र फेबु्रअरी थपेर तीन सय ६५ दिनको बनाएको इतिहास पढ्न पाइन्छ । तर ईसापूर्व ४५ मा रोमन राजा जुलियस सिजरले पनि पात्रो ल्याएको पाइन्छ । सोही पात्रोमा जनवरी १ लाई नयाँबर्ष मानिएको थियो । तर त्यसबेला अप्रिल १ लाई पनि नयाँ बर्ष मानिएको भनिएपनि सन् १५८२ मा भेनिसका पोप ग्रेगोरी १३ औं ले नयाँ पात्रो ल्याएर जनवरी १ लाई नयाँबर्ष मानेको इतिहास पनि भेटाइन्छ ।

नेपालमा विक्रम संवत अनुसार नयाँ बर्ष मनाइन्छ तर म्ह पूजाको दिन नेपाल संवतका रुपमा पनि नयाँ बर्ष मनाउने चलन छ । नेपालमा नयाँ बर्ष मनाउने आ–आफ्नै विशेषता भएपनि विश्वमा भने विविधता पाइन्छ । देश अनुसार फरक र रोचक तवरले नयाँ बर्ष मनाएको पाउन सकिन्छ ।
भारतः भारतमा नयाँ बर्ष मनाउने अनेक तरिका छन् । राज्य र भुगोल अनुसार फरक फरक शैलीले नयाँ बर्ष मनाइदै आएको पाउन सकिन्छ । नयाँबर्षमा भारतभर शुभ चलन हेर्ने चलन छ । कतिपय स्थानमा ब्रिटिसको प्रभावले नयाँ बर्ष मनाउने चलनमा धेरै फरक आएको पाइँदैन । आसाममा पशुको पुजा गर्ने चलन छ भने पश्चिम बंगालमा देवीदेवताको पूजा गर्ने र नाचगान गर्ने चलन छ । पंजावमा झाँगड नृत्य, भगवानको पूजा र नाचगान गरिन्छ भने राजस्थानमा मिठामिठा परिकार खाने साथै मन नपरेको जीवनसाथीसँग डिभोर्स गर्ने र नयाँ जीवनसाथी रोज्ने चलन पनि छ ।
चीनः चीनमा नयाँबर्ष मनाउँदा आतेजबाजी गर्ने साथै भूइँचम्पा उडाएर मनाउने चलन छ । नयाँ बर्षका अवसरमा चीनमा भान्साको देवतालाई स्वागत समेत गरिन्छ । स्वादिष्ट परिकार खाने, बाबुआमा तथा मान्यजनबाट आर्शिवाद लिने चलन पनि छ । बर्मामा पनि नयाँबर्ष मनाउने चलन चीनसँग मिल्दोजुल्दो छ ।
थाइल्याण्डः यहाँ चीनसँग कतिपय सन्दर्भहरु मिल्ने गर्छ । किनकी प्रत्येक घरमा दियो बालेर दिपावली गर्ने रंगीचगी बनाएर घर सजाउने चलन चीनसँग मेल खान्छ । यहाँ नयाँ बर्षको आगमनलाई ‘नौरोज’ भन्ने गरिन्छ । विशेषतः गुम्बामा गएर प्राथन गर्ने र शान्तिको कामना गर्ने चलन छ ।
कोरियाः कोरियामा नयाँ वर्ष मनाउने नौलो तरिका छ । यहाँ तीन दिनसम्म सरकारी विदा दिने गरिन्छ । कार्यालय, पसल तथा डिपार्टमेन्टल स्टोरहरु बन्द गरिन्छ । चामलको रोटी, रक्सी खाएर नयाँबर्ष मनाउने चलन छ । यस दिन उमेर पुगेका युवायुवतीहरु विहे पनि गर्ने गर्छन ।
बेलायतः नयाँबर्षको रौनक बेलायतमा अझ बढी देख्न पाईन्छ । डिसेम्बरको मसान्तदेखि नै यहाँका घरहरु रंगीचंगी पार्ने, सजिसजाउ गर्ने र बत्ती बालेर झिलिमिली पार्ने गरिन्छ । युवायुवतीहरु नयाँ नयाँ लुगा लगाएर नाचगान गर्ने र इभका दिन हर्षबढाई गर्ने गर्छन ।

जापानः जापानमा नयाँबर्ष ‘यावुरी’ मनाउने भिन्न शैली छ । यहाँ नवजात जलका रुपमा शुद्ध पानी पिउने, घरलाई हरिया विरुवाहरुले सजाउने चलन छ । नवजात जल पिउँदा आयु वृद्धि हुने र मृत्युपश्चात पुन्य प्राप्त गरिने विश्वास लिइन्छ । यसदिन चंगा उडाउने र साना बालबालिकालाई अक्षारम्भ गराउने गरिन्छ। त्यसबाहेक मान्यजनहरुबाट आर्शिवाद लिने र पुरानो सबै ऋण तिर्ने चलन छ ।

पोर्चुगलः यहाँ नयाँ वर्षको दिन पटाका पड्काउने, नाचगान गर्ने र शहरभरी धुनी जगाएर जाग्राम बस्ने चलन छ । यसका अलावा पोर्चुगलमा साँढे जुधाएर गरिने रमाइलो गर्ने चलन बेग्लै छ । साँढे जुधाउने खेल हेर्न टाढा टाढाबाट मानिसहरु आउने गर्छन साथै खेल हेर्न पर्यटकहरु खुबै झुम्मिने गर्छन ।
मेक्सिको : नयाँबर्षको दिन मेक्सिकोमा नाचगान, घुमघाम गर्ने चलन छ । त्यसबाहेक यहाँका चर्चमा गएर सामूहिक विवाह गरी नयाँबर्षलाई भब्य बनाउने गरिन्छ । सामूहिक विवाह गर्ने प्रचलन अफ्रिकामा पनि पाइन्छ ।
जर्मनी र भ्याटिकन सिटीः जर्मनीमा नयाँबर्ष मनाउने अनौठो शैली छ । यस दिन भविष्यबाणी गर्ने, नाचगान गर्ने चलन छ । जर्मनीमा पानीले भरिएको धातुको भाँडामा सिक्का खसाएर त्यसको आकृतिलाई नियालेर भविष्यवाणी गर्ने चलन छ ।

त्यस्तै भ्याटिकन सिटीमा नयाँ वर्षको पहिलो दिन विहानै सेता परेवाहरु उढाउने चलन छ । सोही दिन भ्याटिकन सिटीमा रहेको चर्चमा ठूलो केक काटेर बाँड्ने गरिन्छ । (एजेन्सीको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्