एसीसी प्रिमियर कप :नेपालको लगातार दोस्रो जित

एसीसी प्रिमियर कप :नेपालको लगातार दोस्रो जित

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले लगातार दोस्रो जित निकालेको छ ।

शनिबार सम्पन्न खेलमा नेपालले कतारलाई ३२ रनले पराजित गरेको गर्दै अपराजित यात्रा कायमै राखेको हो ।

साविक विजेत समेत रहेको नेपालले यसअघि शुक्रबार मलेसियालाई ५ विकेटले हराएको थियो । नेपालले दिएको २११ रनको लक्ष्य पछ्याएको कतारले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १७८ रन मात्र बनाउन सक्यो । उसकाल लागि कप्तान मोहम्मद तनवीरले ६३ रन बनाए । त्यस्ते, मोहमद अनाफले २३, अदनान मिर्जाले १९ र ओपनर कमरान खानले १८ रन बनाए ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २१० रन बनाएको थियो । दीपेन्द्र सिंह ऐरीले विस्फोटक ब्याटिङको नमुना प्रस्तुत गर्दै २१ बलमा ६४ रनको शानदारी इनिङ्स खेले ।उनले अन्तिम ओभरमा कमरान खानको बलिङमा ६ बलमा ६ छक्का हिर्काए । पुरुष टी–२० क्रिकेटमा यो उपलब्धि हासिल गर्ने युवराज सिंह र केइरन पोलार्डपछि उनी तेस्रो खेलाडी बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्