विराटनगर । रामजानकी मन्दिरमा बस्ने पुजारी दम्पतीलाई अज्ञात समूहले कुटपिट गरी लुटपाट गरेका छन् ।
विराटनगर-१३ मा रहेको रामजानकी मन्दिरमा शुक्रबार राति केही समूहले कुटपिट र लुटपाट समेत गरेका छन् । शुक्रबार राति लुटपाटको घटना भएको निवेदन आएको प्रहरीले जनाएको छ । प्रहरीको अनुसार आधा तोला सुन, दुई लाख नगद लुटेर लगेका छन् । मन्दिरमा भने कुनै क्षति भएको छैन ।
लुटपाटमा संलग्नको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।